logo

पर्यटन पुनरुत्थान कार्यक्रम चाँडै घोषणा हुन्छ:पर्यटन मन्त्री

    1325   पटक पढिएको

४ साउन/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सिमफोजिम पार्टनरसिप रेजिलेन्ट टुरिजम कार्यक्रममा मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसँगबाट पर्यटन पुनरुत्थानका लागि आएका सुझावको आधारमा पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारी मन्त्रालयले गरेको बताए ।
‘कोरोनाबाट थला परेको पर्यटन पुनरुत्थानको लागि पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवालासँग गरेको छलफलपछि तयार गरेको पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारीमा छौं,’ उनले भने, ‘जसले पर्यटन क्षेत्रको सुधार र पुनरुत्थापनमा उल्लेखिय भुमिका खेल्ने छ । यसलाई एउटा राष्ट्रिय अभियानको रुपमा नै पर्यटन पुनरुत्थापन कार्यक्रम अगाडि बढाउनुपर्छ भन्ने मान्यतालाई राखेको छु ।’
उनले पर्यटन पुनरुत्थान कार्यक्रम घोषणाले कोरोना महामारीबाट थला परेको पर्यटन उद्योगको सुधार र प्रर्यटन प्रवद्र्धन हुने दाबी गरे । मन्त्री श्रेष्ठले पर्यटन पुनरुत्थान कार्यक्रमलाई राष्ट्रिय अभियानको रुपमा नै अगाडि बढाउने मान्यतामा आफू रहेको बताए ।
पर्यटनमन्त्री श्रेष्ठले अर्थतन्त्रमा आइपरेको कठिनाई तथा भविष्यमा आउने कठिनाइलाई समेत अनुमान गरेर प्रर्यटन उद्योगलाई कम प्रभाव पार्ने गरी पर्यटन क्षेत्रको दिगो विकास गरी पर्यटकबाट बढीभन्दा बढी आयआर्जन गर्ने र रोजगारी सिर्जना कसरी गर्ने विषयमा मन्त्रालय गम्भिर रहेको बताए ।
कोभिड महाकारीको कारण पर्यटन क्षेत्रमा आएको सिथिलता एवम् कठिनाइका बाबजुत पनि पर्यटन उद्योगलाई आन्तरिक पर्यटनले निकै टेवा पु¥याएको मन्त्री श्रेष्ठले बताए ।
आन्तरिक पर्यटकलाई समेत समग्र पर्यटकको दिगो विकासको आधार स्तम्भको रुपमा विकास गरी पर्यटन क्षेत्रको विकास गर्ने अवधारणा बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।