३ साउन/अर्थ र व्यापार – नेपाली कांग्रेसले पहिलो पटक पर्यटन व्यवसायीहरुलाई समेटेर सुभेच्छुक संस्था बनाएको छ । दोलखाका कांग्रेस नेता एवम् पर्यटन व्यवसायी कुमार अधिकारी (आर.बी) ले २०७२ सालमा गठन गरेको नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघलाई सुभेच्छुक संस्थाको रुपमा मान्यता दिने निर्णय गरेको हो ।
कांग्रेसको एजेन्डामा पर्यटन व्यवसायको उन्नति र विकासलाई मुख्य प्राथमिकतामा पार्ने गरि उद्वेश्य राखेर यो संस्थालाई पार्टीको शुभेच्छुक संस्थाको मान्यता दिलाउन अहोरात्र खटेका अधिकारीले सुभेच्छुक संस्थाको रुपमा मान्यता दिएको भन्दै खुसी व्यक्त गरे ।
अन्य पार्टिले आफु निटक व्यवसायीक संगठन बनाइरहेको बेला कांग्रेसले भने पहिलो पटक बनाएको हो ।लोकतान्त्रीक संस्थाले हालसम्म देशभरका ६ ठुला पर्यटकीय शहरहरुमा शाखा बनाईसकेको छ ।
तपाईको प्रतिक्रिया