logo

फेरि बढ्यो हवाई भाडा 

    1496   पटक पढिएको

२९ कात्तिक/ अर्थ र व्यापार – पछिल्लो पटक नेपाल आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालकले पनि आन्तरिक हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन् । जसका कारण यो कात्तिक महिनामै फेरि हवाई इन्धनको मुल्य बढेको हो । 
अहिले हवाई इन्धनमा आयल निगमले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर प्रति लिटर १०१ रुपैयाँ पु¥याएको छ । अब सोही अनुसार हवाई यात्रुले आन्तरिक हवाई यात्राको क्रममा सबैभन्दा लामो रुटमा अधिकतम २२० रुपैयाँसम्म बढी भाडा तिर्नुपर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत स्वचालित प्रणाली अनुसार पछिल्लो पटक बढेको परिमार्जित मूल्यलाई स्वीकृति प्रदान भएसँगै आइतबारदेखि नै यो नयाँ भाडादर कायम भएको वायुसेवा संचालक संघले जनाएको छ । 
संघले आइतबार विज्ञप्ति जारि गर्दै यस्तो जानकारि गराएको हो । संघले उपलब्ध गराएको परिमार्जित फ्यूल ‘सरचार्ज’ अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढी रुटमा प्रति यात्रु २२० रुपैयाँ भाडा बढेको छ । यसैगरि, काठमाडौंबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शूल्क १७० रुपैयाँ बढेको छ । त्यसैगरि, पोखरा–विराटनगर रुटमा उड्ने यात्रुले प्रतिटिकट १८० रुपैयाँ बढी तिर्नुपर्ने भएको छ ।
अब काठमाडौंबाट जुम्ला उडानमा प्रति यात्रु १७० रुपैयाँ भाडा बढी तिनुपर्ने हुन्छ । काठमाडौंबाट सुर्खेतकालागि १७५ रुपैयाँ , काठमाडौंबाट नेपालगन्ज १६० रुपैयाँ र काठमाडौंबाट भद्रपुरकालागि  अहिलेको भन्दा प्रति यात्रु १५० रुपैयाँ भाडा बढेको संघले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।