logo

श्री एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुग्यो

    1586   पटक पढिएको

१९ असोज / अर्थ र व्यापार – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टयाक्सी वे बाट श्री एयरलाइन्सको विमान चिप्लिएर घाँसेमैदानतिर पुगेको छ । काठमाठौबाट नेपालगञ्जका लागि उड्न लागेको ‘९एनएएनएफ कल साइन’ भएको क्यु४००–८ विमान धावनमार्गको ट्याक्सी वेबाट चिप्लिएर घाँसै मैदानतिर पुगेको हो । सो विमान धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेको विमानस्थल कार्यालउले जनाएको छ ।
विमानस्थल कार्यालयका अनुसार विमान धावनमार्गमा जाने क्रममा पार्किङ क्षेत्रमै गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । सो विमानमा र यात्रुहरुलार्इृ खासै क्षति भएको छैन । पांग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ । 
सो विमानका यात्रुलाई अर्को विमान मार्फत गन्तब्यमा पठाउने तयारी गरिएको विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । सो विमानमा चालक दलका चार सदस्यसहित ८० जना रहेका थिए । 
काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको सो विमानमा समस्या आएपछि यात्रुलाई सकुशल ओरालिएको छ । विमान स्टार्ट गरेर अघि बढाउने क्रममा धावनमार्गको ट्याक्सी वेबाट घाँसे मैदानतिर गएको प्रत्यक्षदर्शीले बताएका छन् ।
विमानस्थलबाट  प्राप्त तस्बिरमा सो विमान धावनमार्गको ट्याक्सी वेबाट घाँसे मैदानतिर मोडिएपछि आपतकालीन संकेत दिइएको थियो । सो विमान महिला चालक महेश्वरी डंगोलले उडान लागेकी थिइन् । चालक दलका सदस्य सहित करिब ८० जना सवार सो विमान उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएपछि सबैलाई निकालिएको थियो । त्यसपछि अर्को विमानमा सो विमानका यात्रुलाई पठाउने तयारी भइरहेको विमानस्थल कार्यालेले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।