logo

होटल ल्याण्डमार्कको चाडपर्व लक्षित प्याकेज सार्वजनिक

    1884   पटक पढिएको

१४ असोज / अर्थ र व्यापार- ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पा ले आन्तरिक पर्यटकहरुलाई लक्षित गरि चाडपर्व लक्षित प्याकेज सार्वजनिक गरेको छ । यस अफर ल्याण्डमार्क अन्र्तगतका होटल ल्याण्डमार्क पोखरा, ल्याण्डमार्क फरेष्ट पार्क चितवन र होटल ल्याण्डमार्क काठमाडौंमा लागु हुने होटलले जनाएको छ । 

यस योजनामा १ नाईट/२ दिनको सात हजार सात सय सत्तहत्तर रुपैयाँमा ब्रेकफास्ट,डिनर लगायतका सम्पूर्ण सेवाहरु उपलब्ध हुने होटलले जनाएको छ । त्यसका साथै स्विमिङ पुल लगायतको अतिरिक्त सुविधा पनि ग्राहकले पाउनेछन । 

यस योजनाले चाडपर्वमा घुमफिर गर्न चाहने आन्तरिक पर्यटकहरुलाई मद्दत गर्ने र कोभिड पछिको नेपालको पर्यटन पुनरुत्थानका लागी समेत सहयोग गर्ने आँफुहरुको अपेक्षा रहेको ल्याण्डमार्क होटल,रिसोर्ट एण्ड स्पाका प्रमुख कार्यकारी अधिकृत सि.एन.पाण्डेले वताए । त्यसका साथै दशैं,तिहार जस्ता चाडपर्वमा घुमफिर गर्न रुचाउने आन्तरिक पर्यटकहरुलाई स्तरिय सेवा प्रदान गर्न आँफुहरु तयार रहेको पाण्डेले वताए ।

यसैविच होटलले आँफु अन्र्तगतका तीन वटै होटलहरुको सेवालाई अझ परिष्कृत र ग्राहकहरुको रुचिलाई ध्यान दिँदै अगाडी बढ्ने उद्देश्यका साथ महेश देवानलाई होटलको उपाध्यक्षमा नियुक्त गरेको छ । देवान संग हस्पिटालिटि क्षेत्रमा कार्य गरेको करिव चार दशकको अनुभव छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।