logo

४२ औं अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा ‘द क्लिफ प्रालि’ सम्मानित

    1227   पटक पढिएको

११ असोज / अर्थ र व्यापार – ४२ औं अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा एडभेञ्चर स्पोर्ट्सको तर्फबाट ‘द क्लिफ प्रालि’ सम्मानित भएको छ ।  सोमबार पर्यटन बोर्डमा आयोजित कार्यक्रम मार्फत कम्पनीका क्लिफ प्रालिका तर्फबाट अध्यक्ष राजु कार्की र वर्ल्डवाइड एडभेञ्चर प्रालिका तर्फबाट अध्यक्ष केदार बहादुर थापा सम्मानित भएका हुन् ।
प्रत्येक वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले पर्यटन दिवसको अवसरमा पारेर पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने ब्यक्ति तथा संघसंस्थाहरूलाई सम्मान गर्ने गर्छ । सोही सम्मानको क्रममा यस पटक एडभेञ्चर स्पोर्ट्स पनि समेटिएको हो । 
द क्लिफ प्रालिले कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर विश्वकै अग्लो स्वीङ र विश्वकै दोश्रो अग्लो बन्जी जम्प सञ्चालन गरिरहेको छ ।  यसका साथै कम्पनीले  स्काइ साइक्लिङ, स्काइ चेयर, जर्ब बल, हाइ रोप स्टेशन जस्ता साहसिक खेलहरु समेत सञ्चालन गरिरहेको छ । २०७३ सालदेखि निर्माण सुरु गरिएको रिसोर्ट र एडभेञ्चर गतिविधि २०७७ सातको १५ कार्तिक देखि सञ्चालनमा आएको थियो ।
वर्ल्डवाइड एडभेञ्चरले ‘धुलिखेल जिपलाइन’ नाममा थाक्लेडाँडा धुलिखेलदेखि खावा, पाँचखालसम्म नेपालकै पहिलो सुपरम्यान जिपलाइन संचालन गरिरहेको छ । ७० किलोमिटर प्रतिघण्टाको औसत गति रहेको जिपलाइनमा व्यक्तिको तौल, हावाको गति र दिशा अनुसार औसत समय १ मिनेट २० सेकण्डमा दुरी पार गर्न सकिन्छ । धुलिखेल जिपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्ने सुविधा छ । सुपरम्यान र टेन्डम (जोडी) जिपलाइन नेपालमै पहिलो हो ।
२०१९ फेब्रुअरी १४ देखि ब्यवसायिक सन्चालनमा आएको जिपलाइनमा हाल ८ कोठा सहित सुबिधा सम्पन्न रिसोर्ट निर्माण गरिएको छ । ट्री अप (रुख माथीनै बसेर खान मिल्ने गरि बनाइएको रेस्टुरेन्ट) पनि बनाइएको छ भने खावास्थित ‘ल्यान्डिङ स्टेशन’मा करीब २० रोपनी क्षेत्रफलमा ८ फरक एडभेञ्चर कोर्स सहित एडभेञ्चर पार्क समेत निर्माण गरिएको छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।