logo

४२ औं अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा ‘द क्लिफ प्रालि’ सम्मानित

    1055   पटक पढिएको

११ असोज / अर्थ र व्यापार – ४२ औं अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा एडभेञ्चर स्पोर्ट्सको तर्फबाट ‘द क्लिफ प्रालि’ सम्मानित भएको छ ।  सोमबार पर्यटन बोर्डमा आयोजित कार्यक्रम मार्फत कम्पनीका क्लिफ प्रालिका तर्फबाट अध्यक्ष राजु कार्की र वर्ल्डवाइड एडभेञ्चर प्रालिका तर्फबाट अध्यक्ष केदार बहादुर थापा सम्मानित भएका हुन् ।
प्रत्येक वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले पर्यटन दिवसको अवसरमा पारेर पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने ब्यक्ति तथा संघसंस्थाहरूलाई सम्मान गर्ने गर्छ । सोही सम्मानको क्रममा यस पटक एडभेञ्चर स्पोर्ट्स पनि समेटिएको हो । 
द क्लिफ प्रालिले कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर विश्वकै अग्लो स्वीङ र विश्वकै दोश्रो अग्लो बन्जी जम्प सञ्चालन गरिरहेको छ ।  यसका साथै कम्पनीले  स्काइ साइक्लिङ, स्काइ चेयर, जर्ब बल, हाइ रोप स्टेशन जस्ता साहसिक खेलहरु समेत सञ्चालन गरिरहेको छ । २०७३ सालदेखि निर्माण सुरु गरिएको रिसोर्ट र एडभेञ्चर गतिविधि २०७७ सातको १५ कार्तिक देखि सञ्चालनमा आएको थियो ।
वर्ल्डवाइड एडभेञ्चरले ‘धुलिखेल जिपलाइन’ नाममा थाक्लेडाँडा धुलिखेलदेखि खावा, पाँचखालसम्म नेपालकै पहिलो सुपरम्यान जिपलाइन संचालन गरिरहेको छ । ७० किलोमिटर प्रतिघण्टाको औसत गति रहेको जिपलाइनमा व्यक्तिको तौल, हावाको गति र दिशा अनुसार औसत समय १ मिनेट २० सेकण्डमा दुरी पार गर्न सकिन्छ । धुलिखेल जिपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्ने सुविधा छ । सुपरम्यान र टेन्डम (जोडी) जिपलाइन नेपालमै पहिलो हो ।
२०१९ फेब्रुअरी १४ देखि ब्यवसायिक सन्चालनमा आएको जिपलाइनमा हाल ८ कोठा सहित सुबिधा सम्पन्न रिसोर्ट निर्माण गरिएको छ । ट्री अप (रुख माथीनै बसेर खान मिल्ने गरि बनाइएको रेस्टुरेन्ट) पनि बनाइएको छ भने खावास्थित ‘ल्यान्डिङ स्टेशन’मा करीब २० रोपनी क्षेत्रफलमा ८ फरक एडभेञ्चर कोर्स सहित एडभेञ्चर पार्क समेत निर्माण गरिएको छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।