logo

गंभिर दुर्घटनाबाट बच्यो बुद्ध एयरको विमान 

विराटनगरमा अवतरण गर्न नसकेर काठमाडौं फर्किएको विमानमा के भएको थियो ? , सामान्य अवतरण : बुद्ध एयर 

    1325   पटक पढिएको

११ असोज / अर्थ र व्यापार – विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको विमान त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण भएको छ ।सुरक्षित  अवतरण गराउन काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएको सो विमान केहीबेर अघि अवतरण भएको हो । विमान सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको बुद्ध एयरले जानकारी दिएको छ । सकुशल अवतरण गराईएकाले धन्न गम्भिर दुर्घटनाबाट बच्यो बुद्धको विमान । नत्र सोमबार विश्व पर्यटन दिवसको दिन ठुलो मनवीय क्षेती हुने थियो । 
‘विमान विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपछि विमानलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निणर्य गरे । सुरक्षा निर्देशिका अनुसार विमानमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरि सुरक्षितसाथ अवतरण गरेको छ’, बुद्ध एयरद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सो विमानको ल्याण्डिङ गियरमा समस्या देखिनाथ जहाजलाई तत्कालै काठमाडौं फर्काएको बुद्ध एयरले जानकारी दिएको छ।
‘विमानमा ल्याण्डिङ गेयरका लागि दुई वटा इन्डिकेटर रहेको हुन्छ । जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो । ‘सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेनले विमान तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य ग¥यो’, विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो । जस अनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उडड्यन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ विमानलाई ‘नर्मल’ अतवरण गराइयो ।’ 
सोमबार बिहान काठमाडौंबाट विराटनगर उडेको नाइन एन–एएनआई कलसाइन भएको र उडान संख्या यु ४ ७०१ मा ६८ जनायात्रु, दुई बच्चा २ र ३ जना चालक दलका सदस्य गरि ७३ जना यात्रुरहेको बुद्ध एयरले जानकारी दिएको छ । 
सो विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन । ल्याण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को मारिरह्यो । विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना बन्यो । तर विमानलाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ गियर पनि खुलेको देखिएपछि विमानको सहज अवतरण सम्भव भएको विमानस्थलका अधिकारीहरु बताउँछन् । अन्यथा इन्धन सकेर फोर्स ल्याण्डिङको विकल्प थिएन । यात्रुहरुका अनुसार काठमाडौं आउँदासम्म खासै डर लागेको थिएन । तर यहाँ पनि ल्याण्ड हुन नसकेपछि विमानभित्र रुवाबासी चलेको उनीहरूले सुनाए ।
सुरक्षाकर्मी तयारी अवस्थामा देखेपछि अब जिन्दगी यति नै भयो भन्ने लागेको यात्रु प्रताप लिम्बुले सुनाए । ‘ढोका खोल्दिनुस्, हामी हाम फाल्छौं पनि भन्यौं,’ उनी भन्छन्, ‘एयर होस्टेसहरुले तपाईंलाई सक्दो बचाउने कोसिस गर्छौं । इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने हो भनेर जानकारी गराउनुभयो ।’सो विमानमा सवार अर्का यात्रु अनमोल प्रधानले पनि विमानभित्र रुवाबासी भएको र धेरैले आश मारेको सुनाए । रनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए’ उनी भन्छन्, ‘विमानमा भएका आमा बच्चा र पाका मानिसहरु आत्तिएर रुन थालेपछि झन् गाह्रो भयो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।