logo

नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा क्षेत्री 

    1809   पटक पढिएको

६ असोज / अर्थ र व्यापार – नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री नियुुक्त भएका छन् । राजन पोखरेलले प्राधिकरणको महानिर्देशक पदबाट राजीनामा दिएपछि उपमहानिर्देशक क्षेत्रीलाई बरियताको आधारमा निमित्त महानिर्देशक बनाइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको महाप्रवन्धक, प्रवक्ता लगायत हाल १२ औं तहमा रहेका क्षेत्री यसअघि प्राधिकरणमा उपमहानिर्देशक थिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बरिष्ठताको आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको प्राधिकरणले जनाएको छ । 
उमेरहदका कारण अनिवार्य अवकास पाउने तयारीमा रहेका महानिर्देशक पोखरेलले मंगलबार साँझ पदबाट राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको पदपुर्ति नहुन्जेलसम्मकालागि सरकारले क्षेत्रीलाई निमित्त महानिर्देशकमा नियुक्त गरेको हो ।  नवनियुक्त निमित्त महानिर्देशक क्षेत्रीसँग मुलुकको हवाई उड्डयन क्षेत्रमा ३४ वर्ष सेवा गरेको अनुभव छ । उनी २०७४ माघदेखि २०७६ असोजसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको महाप्रवन्धक पदमा कार्यरत थिए । उनीसँग एएनएस डिपार्टमेन्ट, इन्जिनियरिङ निर्देशनालय लगायतमा काम गरेको अनुभव पनि छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहँदा राम्रो काम गरेको भन्दै विभिन्न संस्थाहरुले उनलाई सम्मान समेत गरेका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।