logo

नेपाल सुरक्षित रहेको ‘ट्राभल एडभाइजरी’ जारी गर्न पर्यटन व्यवसायीको माग

    1088   पटक पढिएको

२८ भाद्र / अर्थ र व्यापार–  पर्यटन क्षेत्रमा संलग्न व्यवसायीहरुले नेपाल सुरक्षित रहेको सम्बन्धमा सरकारले औपचारिक ‘ट्राभल एडभाइजरी’ जारी गर्नुपर्ने माग राखेका छन् । अधिकांश पर्यटन व्यवसायी, कर्मचारी र मुख्य गन्तव्यका स्थानीयले कोरोनाविरुद्धको खोपको पूरा मात्रा लगाइसकेकाले यसबारे सकारात्मक सन्देश फैलाउन ‘ट्राभल एडभाइजरी’ जारी गर्नुपर्ने उनीहरुको माग छ ।पर्यटन उद्योगका प्रतिनिधिमूलक संस्थाका प्रमुखहरुको भेलाले यस्तो माग गर्ने निर्णय गरेको हो ।

भेलाले पूर्ण खोप लगाइसकेका र नेपाल आइपुग्दा ९६ घन्टा ननाघेको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउने पर्यटकलाई विना क्वारेन्टाइन प्रवेश र सहज यात्राको वातावरण निर्माण गर्न समेत माग गरेका छन् । यसैगरि, उनीहरुले अनअराइभल भिसा खुला गर्न समेत सरकारसँग जोडदार माग गरेका छन् ।
व्यवसायीहरुका अनुसार कोरोना महामारी र त्यसको नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीले ठूलो मार पर्यटन उद्योगमा परेको छ । होटल, रिसोर्ट, ट्राभल, ट्रेकिङ, ¥याफ्टिङ्, एअरलाइन्स, यातायात, हस्तकला तथा उपहार सामग्री, रेस्टुरेन्ट जस्ता पर्यटन क्षेत्रबाट प्रत्यक्ष रुपमा हुने अर्बौंको आय गुमेको समेत व्यवसायीको भनाइ छ ।
सन् २०१९को तुलनामा २०२० मा आउने पर्यटक आगमन संख्यामा ८१ प्रतिशतले गिरावट आएको छ । प्रत्यक्ष, अप्रत्यक्ष र यसको प्रत्यक्ष सप्लाई चेन गरी पर्यटन क्षेत्रमा सिर्जित करिब १० लाख जनशक्तिको रोजगार संकटमा छ । 
४ खर्ब भन्दा बढीको बैंक तथा वित्तीय क्षेत्रको मात्रै लगानी रहेको पर्यटन क्षेत्र निकै जोखिममा रहेको समेत व्यवसायीको भनाइ छ । करिब २५ प्रतिशतभन्दा बढी पर्यटन व्यवसाय फेरि कहिल्यै पुनर्जीवित नहुने गरी बन्द भएको समेत व्यवसायीको तथ्यांक छ । छिट्टै पुनरुत्थानका उपाय नखोजे यो दर झनै बढ्ने उनीहरुको भनाई छ । सरकारबाट निजी क्षेत्रको सहकार्यमा पर्यटनका महत्वपूर्ण क्षेत्रका लागि एक सुरक्षा प्रोटोकल सार्वजनिक भइरहेको सन्दर्भमा अब आवागमन सहज बनाउन व्यवसायीले सरकारसंग यस्तो माग गरेका हुन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।