logo

निगमले नयाँ दिल्ली दैनिक उडान भर्ने

    1380   पटक पढिएको

२५ भाद्र /अर्थ र व्यापार– मुलुकको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले अबदेखि भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बरकालागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिका अनुसार अब निगमले काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा १० वटा उडान भर्ने भएको हो । 
निगमले दैनिक एक उडान भर्नेछ भने भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियाले यो रुटमा साताका तीन दिन (आइतबार, मंगलबार र शुक्रबार) उडान अनुमति पाएको छ । एयर बबल सम्झौता अनुसार यसअघि नयाँ दिल्ली गन्तव्यमा सातामा तीन उडान हुँदै आएका थिए ।
नयाँ भेरियन्ट सहित दोस्रो चरणमा फैलिएको कोरोना महामारि नियन्त्रणकालागि गरिएको निशेधाज्ञा खुलाएपछि सुरुमा सातामा एक र दुई उडान भर्दै आएकामा अहिले एयरबबल अनुरुप नै दैनिक उडान तालिका बनाइएको हो । भारतका अन्य दुई महत्वपूर्ण गन्तव्य बैङ्लोर र मुम्बई गन्तव्यमा उडान सञ्चालनको अनिश्चितता कायमै छ । निगमले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।
निगमका प्रवक्ता करिश्मा श्रष्ठका अनुसार नयाँ दिल्ली गन्तव्यमा दैनिक उडानले दशैँको अवसरमा यात्रुलाई निकै राहत पुग्ने र यसले निगमको व्यापारमा पनि सकारात्मक प्रभाव पार्नेछ । हवाईमार्ग भएर दिल्लीबाट धेरै नेपाली तथा भारतीय आउने भएकाले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । नेपालमा पर्यटकीय सिजन सुरु भएको छ । यो मौसममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य संख्यामा विदेशी नेपाल आउँछन् ।
एयरअरेबियाले हरेक दिन काठमाडौँ गन्तव्यमा दुई उडान गर्ने गरी अनुमति पाएको छ । सोही एयरलाइन्सको जहाजले आबुधाबीबाट समेत हरेक दिन उडानको अनुमति पाएको क्यानले जनाएको छ । यस्तै फ्लाई दुबईले काठमाडौँका लागि सातामा १० उडान भर्नेछ ।
नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुर विमानस्थलमा साताको ६ वटा उडान सञ्चालन गर्नेछ । सोही एयरलाइन्सले दुबईका लागि साताको ६ वटा उडान सञ्चालनको अनुमति पाएको छ । त्यसैगरी कतारका लागि हिमालयको विमानले सातामा कूल ७ वटा उडानको अनुमति पाएको छ ।
यसैगरि, जजिरा एयरवेजले काठमाडौँका लागि हरेक दिन उडान गर्नेछ । कोरियन एयरले साताको एक दिन (बुधबार) काठमाडौँ उडान गर्नेछ । मालिन्दो एयरको विमानले क्वालालाम्पुरबाट साताका चार (सोमबार, बुधबार, शुत्रबार र शनिबार) उडान भर्नेछ । मलेसियन एयरलाइन्सले हरेक शनिबार क्वालालम्पुरबाट काठमाडौँ आउने प्राधिकरणले जारी गरेको नयाँ उडान तालिकामा उल्लेख छ ।
यसैगरि, निगमले कतारको हमाद इन्टरनेशनलमा हरेक दिन एक उडान भर्नेछ । दुबई इन्टरनेशनल एयरपोर्टबाट निगमले सातामा चार (सोमबार, बुधबार, बिहीबार र शनिबार) उडान भर्ने तालिका छ । सो  एयरलाइन्सले क्वालालाम्पुरमा सातामा चार उडान भर्नेछ । त्यसैगरि, जापानको नारितामा पनि निगमले साताको एकदिन हरेक बिहीबार उडान भर्नेछ । त्यस्तै, काठमाडौबाट हङकङका लागि पनि सातामा एकदिन हरेक मंगलबार उडान भर्ने छ ।
त्यसैगरी, कतार एयरवेजले कतारको हमाद इन्टरनेशनल विमानस्थलमा दैनिक तीन उडानको अनुमति पाएको छ । सलाम एयरले मस्कट विमानस्थलबाट साताको तीन दिन काठमाडौँ गन्तव्यमा उडान भर्नेछ । टर्किस एयरले साताका तीन दिन (सोमबार, बिहीबार र शनिबार) काठमाडौँमा उडान भर्नेछ ।
सिंगापुर एयरलाइन्सले पनि सातामा एकदिन हरेक आइतबार र श्रीलंकन एयरलाइन्सले मंगलबार तथा शनिबार गरी सातामा दुई उडान गर्न अनुमति पाएको छ । यो उडान तालिका यहि ३० सेप्टेम्बरसम्मका लागि मात्रै भएको प्राधिकरणले जनाएको छ । अब प्राधिकरणले छिट्टै विन्टर उडानको तालिका बनाउने छ । प्राकिरणले जानकारि गराए अनुसार अहिले तीनवटा स्वदेशी सहित विभिन्न १२ वटा वायुसेवा कम्पनीले काठमाडौबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।