logo

निगमले नयाँ दिल्ली दैनिक उडान भर्ने

    1074   पटक पढिएको

२५ भाद्र /अर्थ र व्यापार– मुलुकको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले अबदेखि भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बरकालागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिका अनुसार अब निगमले काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा १० वटा उडान भर्ने भएको हो । 
निगमले दैनिक एक उडान भर्नेछ भने भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियाले यो रुटमा साताका तीन दिन (आइतबार, मंगलबार र शुक्रबार) उडान अनुमति पाएको छ । एयर बबल सम्झौता अनुसार यसअघि नयाँ दिल्ली गन्तव्यमा सातामा तीन उडान हुँदै आएका थिए ।
नयाँ भेरियन्ट सहित दोस्रो चरणमा फैलिएको कोरोना महामारि नियन्त्रणकालागि गरिएको निशेधाज्ञा खुलाएपछि सुरुमा सातामा एक र दुई उडान भर्दै आएकामा अहिले एयरबबल अनुरुप नै दैनिक उडान तालिका बनाइएको हो । भारतका अन्य दुई महत्वपूर्ण गन्तव्य बैङ्लोर र मुम्बई गन्तव्यमा उडान सञ्चालनको अनिश्चितता कायमै छ । निगमले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।
निगमका प्रवक्ता करिश्मा श्रष्ठका अनुसार नयाँ दिल्ली गन्तव्यमा दैनिक उडानले दशैँको अवसरमा यात्रुलाई निकै राहत पुग्ने र यसले निगमको व्यापारमा पनि सकारात्मक प्रभाव पार्नेछ । हवाईमार्ग भएर दिल्लीबाट धेरै नेपाली तथा भारतीय आउने भएकाले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । नेपालमा पर्यटकीय सिजन सुरु भएको छ । यो मौसममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य संख्यामा विदेशी नेपाल आउँछन् ।
एयरअरेबियाले हरेक दिन काठमाडौँ गन्तव्यमा दुई उडान गर्ने गरी अनुमति पाएको छ । सोही एयरलाइन्सको जहाजले आबुधाबीबाट समेत हरेक दिन उडानको अनुमति पाएको क्यानले जनाएको छ । यस्तै फ्लाई दुबईले काठमाडौँका लागि सातामा १० उडान भर्नेछ ।
नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुर विमानस्थलमा साताको ६ वटा उडान सञ्चालन गर्नेछ । सोही एयरलाइन्सले दुबईका लागि साताको ६ वटा उडान सञ्चालनको अनुमति पाएको छ । त्यसैगरी कतारका लागि हिमालयको विमानले सातामा कूल ७ वटा उडानको अनुमति पाएको छ ।
यसैगरि, जजिरा एयरवेजले काठमाडौँका लागि हरेक दिन उडान गर्नेछ । कोरियन एयरले साताको एक दिन (बुधबार) काठमाडौँ उडान गर्नेछ । मालिन्दो एयरको विमानले क्वालालाम्पुरबाट साताका चार (सोमबार, बुधबार, शुत्रबार र शनिबार) उडान भर्नेछ । मलेसियन एयरलाइन्सले हरेक शनिबार क्वालालम्पुरबाट काठमाडौँ आउने प्राधिकरणले जारी गरेको नयाँ उडान तालिकामा उल्लेख छ ।
यसैगरि, निगमले कतारको हमाद इन्टरनेशनलमा हरेक दिन एक उडान भर्नेछ । दुबई इन्टरनेशनल एयरपोर्टबाट निगमले सातामा चार (सोमबार, बुधबार, बिहीबार र शनिबार) उडान भर्ने तालिका छ । सो  एयरलाइन्सले क्वालालाम्पुरमा सातामा चार उडान भर्नेछ । त्यसैगरि, जापानको नारितामा पनि निगमले साताको एकदिन हरेक बिहीबार उडान भर्नेछ । त्यस्तै, काठमाडौबाट हङकङका लागि पनि सातामा एकदिन हरेक मंगलबार उडान भर्ने छ ।
त्यसैगरी, कतार एयरवेजले कतारको हमाद इन्टरनेशनल विमानस्थलमा दैनिक तीन उडानको अनुमति पाएको छ । सलाम एयरले मस्कट विमानस्थलबाट साताको तीन दिन काठमाडौँ गन्तव्यमा उडान भर्नेछ । टर्किस एयरले साताका तीन दिन (सोमबार, बिहीबार र शनिबार) काठमाडौँमा उडान भर्नेछ ।
सिंगापुर एयरलाइन्सले पनि सातामा एकदिन हरेक आइतबार र श्रीलंकन एयरलाइन्सले मंगलबार तथा शनिबार गरी सातामा दुई उडान गर्न अनुमति पाएको छ । यो उडान तालिका यहि ३० सेप्टेम्बरसम्मका लागि मात्रै भएको प्राधिकरणले जनाएको छ । अब प्राधिकरणले छिट्टै विन्टर उडानको तालिका बनाउने छ । प्राकिरणले जानकारि गराए अनुसार अहिले तीनवटा स्वदेशी सहित विभिन्न १२ वटा वायुसेवा कम्पनीले काठमाडौबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।