१९ साउन/अर्थ र व्यापार– नेपाल चेम्बर अफ कमर्सको पर्यटन प्रवर्द्धन तथा संस्कृति समितिको सभापतिमा अर्जुन शर्मा चयन भएका छन् ।
शर्मा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का पूर्व अध्यक्षसमेत हुन् ।
समितिको सदस्यमा दीपकराज जोशी, खुमबहादुर सुवेदी, हिक्मत सिंह ऐर, जनकराज कालाखेती, बिक्रम पाण्डे, विनय बस्नेत, युवराज श्रेष्ठ, देवचन्द्रलाल कर्ण, हरिप्रसाद धरेललाई मनोनयन गरेकोे नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कोभिडबाट प्रभावित पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि आवद्ध सबै निकाय लाग्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया