logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुलाईमा ३ हजार विदेशी पर्यटक नेपाल भित्रिए

    1901   पटक पढिएको


१९ साउन/अर्थ र व्यापार– सन् २०२१ को जुलाई महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन हजारको हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागका अनुसार सन् २०२१ को जुलाई महिनामा ९९ देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुई हजार ९९१ विदेशी पर्यटक नेपाल भित्रिएको हो । गत जुन महिनामा निषेधाज्ञाको बीच एक हजार १४३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

जुलाईमा नेपाल भित्रिने दुई हजार ९९१ विदेशी पर्यटकमध्ये एक हजार ९४० पुरुष, एक हजार ५० महिला र एक जना अन्य नागरिक रहेका छन् । 

भारतबाट सबैभन्दा बढी एक हजार १०५ जना नेपाल भित्रिएका छन् । भारतपछि अमेरिकाबाट ८१९, बेलायतबाट १८५, टर्कीबाट १६५, क्यानडाबाट ७८, चीनबाट ५०, बेल्जियमबाट ४५, फ्रान्सबाट ४१, नेदरल्याण्डबाट २६, रुसबाट १९ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । 

दक्षिण एशियाली मुलुकमध्ये जुलाई महिनामा भुटानबाट १४, पाकिस्तानबाट पाँच, बङ्गलादेशबाट चार, श्रीलंकाबाट तीन जना पर्यटक नेपाल आएका छन् । 

विभागका अनुसार गत जुलाईमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तीन हजार १५७ विदेशी पर्यटक आफ्नो देश फर्किएका छन् ।

गत जुलाई महिनामा २५ हजार २०५ नेपाली नागरिक स्वदेश फर्किएका छन् भने २१ हजार ८७७ जना नेपाली बाहिरिएका छन्। 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।