१५ साउन/अर्थ र व्यापार– ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले सरकारी निकायले संस्थाको हिसाब किताबबारे जानकारी लिनु स्वभाविक रहेको बताएका छन् ।
टानको केन्द्रीय कार्यालय मालिगाउँमा रावश्व विभागले शुक्रबार छापा मारेपछि टानका अध्यक्ष सुवेदीले सरकारी निकायले संस्थाको हिसाब किताबबारे जानकारी लिनु स्वभाविक रहेको भन्दै यसलाई अन्यथा लिन नहुने बताए ।
अध्यक्ष सुवेदीले २०६६ सालदेखिको टिम्स कार्डको हिसाब किताबबारे विभागले जानकारी लिएको र जानकारी मागिएका सबै विषयबारे विभागलाई जानकारी दिएको बताए ।
२०६६ सालदेखि पदयात्रामा जाने पर्यटकहरूबाट उठाउँदै आएको टिम्स कार्डको रकम पारदर्शी नभएको व्यवसायीकै उजुरीको आधारमा छापा मारेको बताइएको छ । विभागले टानको केन्द्रीय कार्यालयबाट कागजपत्रसमेत नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया