८ साउन/अर्थ र व्यापार– यात्रुको सहजीकरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वयमसेवक परिचालन गरिएको छ ।
विमानस्थलका महाप्रवन्धक प्रताप तिवारीले अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुको सहजीकरणमा स्वयमसेवकले काम गर्ने बताएका छन्।
विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा एयरलाइन्स अपेरेटर्स एसोसिएसन अफ नेपाल, गीता एभिएसन र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा स्वयमसेवक खटाइएको हो।
यात्रुहरुले सुचना तथा जानकारीका लागि स्वयमसेवकहरु बाट सेवा लिन सक्नेछन् । साथै, आवश्यक कागजात र विवरण भर्नेलगाएतका काममा पनि स्वयमसेवकले सहयोग गर्नेछ ।
तपाईको प्रतिक्रिया