logo

वोमी माइक्रोफाइनान्सको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन ,

    1092   पटक पढिएको

 

कात्तिक १५ / अर्थ र व्यापार - वोमी माइक्रोफाइनान्स्को २० प्रतिशत बोनस सुरक्षित गर्ने बुधबार अन्तिम दिन हो । माइक्रोफाइनान्सले छैटौं बार्षिक साधारण सभाका लागि कात्तिक १६ देखि कात्तिक ३० सम्म शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेकाले बुधबारबारसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीले प्रस्ताव गरेको लाभांश कम्पनीको साधारणसभाबाट पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।वोमीले कात्तिक ३० गतेको डाकेको साधारण सभामा गत आर्थिक बर्षको नाफाबाट  एक करोड घटेर २९ लाख ६० हजार रुपैयाँको बोनस सेयर तथा बोनस सेयरमा लाग्ने कर वापतको ७ लाख १८ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव ग भजउरेको छ । त्यस्तै कम्पनीले बोनसपछि कायम हुने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताव समेत गरेको छ ।

६ करोड ४८ लाख चुक्ता पूँंजी रहेको वोमीको २० प्रतिशत बोनसपछि ७ करोड ७७ लाख पुग्नेछ । साधारण सभामा प्रस्ताव गरेको हकप्रद जारी गर्दा कम्पनीको पूँजी १० करोड १० लाख पुग्नेछ । गत आर्थिक वर्षमा लघुवित्तले दुई करोड १० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ४१ पैसा तथा .मूल्य आम्दानी अनुपात ६१.०६ गुणा कायम गरेको छ । जसको सेयरमूल्य मंगलबार १८९५ रुपैयाँमा कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।