२१ असार / अर्थ र व्यापार – अब दोस्रो बजारमा कारोबार भएको दुई दिनभित्रै लगानीकर्ताले सेयरवापतको पैसा सम्वन्धित ब्रोकर कम्पनीहरुलाई बुझाइसक्नुपर्ने भएको छ ।
मल्टिपल क्लियरिङ बैंकमार्फत राफसाफ हुन थालेसँगै सिडिएस एण्ड क्लियरिङले लगानीकर्ताका लागि ‘टी प्लस टु’ को व्यवस्था लागू गरेको हो । बुधबारदेखि यो व्यवस्था लागू भएको छ ।
यदी दुई दिनभित्र सेयर किनेवापतको रकम नबुझाएमा कारबाहीको भागीदार लगानीकर्ता हुनुपर्नेे छ । त्यस्तै सेयर बेचेवापत डिआइएस (सेयरको चेक) पनि दुई दिनभित्रै बुझाउनुपर्नेछ ।
तपाईको प्रतिक्रिया