२१ असार / अर्थ र व्यापार – केहि दिनदेखि स्थिरजस्तो देखिएको शेयर बजारमा बुधबार भने करिब १० अंकको वृद्धि देखिएको छ । ब्रोकर कमिसनमा पनि मूल्य अभिबृद्धि कर (भ्याट) लाग्ने र चालु आर्थिक वर्षको अन्त्यको दोहोरो चेपुवामा परेकाले सुचक घटेको थियो । यद्यपी कारोबार रकम भने बढ्न सकेको छैन् ।
अघिल्लो दिनको तुलनामा बुधबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ९.७८ अंकले बढेर १५५१.०६ अंकमा उक्लिएको छ । दिनभरीमा १३८ कम्पनीका १० लाख ७९ हजार कित्ता शेयर किनबेच भएका छन् । कुल ४८ करोड २९ लाख रुपैयाँका सेयर किनबेच भएका छन् ।
कारोबारको सुरुवातदेखि नै स्थिरजस्तो देखिएको बजार कारोबारको अन्तिम एक घण्टामा बढेको थियो । उपसुचकहरु मिस्रित देखिएका छन् । बुधबार बीमा समूहको परिसूचक ५० अंकले बढेको छ । हाइड्रोपावर, डेभलपमेन्ट बैंक, बैंकिङ , फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः २०, १४, ९, २ र ०.८६ अंकले हरिया भएका छन् । बाँकी होटल र उत्पादनमूलक समूहको परिसूचक क्रमशः ६ र ३ अंकले घटेका छन् ।
आज सबैभन्दा बढि आरएमडिसी लघुवित्तका शेयरधनीले करिब सात प्रतिशत कमाएका छन् भने वर्ल्ड मर्चेन्ट बैंकिङका शेयरधनीले सबैभन्दा बढि करिब पाँच प्रतिशत गुमाएका छन् । त्यस्तै, सबैभन्दा बढी रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको ६ दशमलब ६२ प्रतिशतले सेयर मूल्य बढेको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२१ रुपैयाँ रहेको छ ।
तपाईको प्रतिक्रिया