logo

बुधबार सेयरबजारमा ९ अंकको गिरावट

    1593   पटक पढिएको

२८ भदौ / अर्थ र व्यापार – पाँच महिनापछि शेयर बजार मापक सूचक पून १४ सयको लाइनमा झरेको छ । साताको पहिलो दिन देखिनै घट्न थालेको बजारले बुधबारपनि निरन्तरता पाएको हो । बुधबारको सेयरबजार पनि ओरालो लागेको छ । कारोबारमा आएका अधिकांस समूह सकारात्मक रहेपनि वाणिज्य बैंक समूह दोहोरो अंकले घटेपछि बजार ९ अंकले घटेको हो ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने सामान्य सुधार आएको छ । साताको चौथो दिन नेप्से परिसूचक ९ अंकले घटेर १४९३.२० अंकमा झरेको छ । यस अघि गएको १० चैतमा बजार १४८६.०४ अंकमा थियो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.०४ अंकले घटेर ३१३.३२ अंकमा आइपुगेको छ । 

कारोबार खुलेको पहिलो डेढ घण्टामा बजार १८ अंकले घटेको थियो । त्यसपछि उकालो लागेको बजार ६ अंकले उक्लिएर १५०८ अंकको उचाई छुँदै पुनः घटेर बन्द भएको हो । बुधबार १६० कम्पनीका १२ लाख ७७ हजार कित्ता शेयर ६३ करोड ६९ लाख रुपैयाँमा खरिद बिक्रि भयो । आज सबै भन्दा बढी ३ करोड ३१ द्दघलाख रुपैयाँ बराबरको नेपाल इन्भेस्टमेन्ट बैंकको शेयर किनबेच भएको हो ।

यसदिन कारोबारमा आएकामध्ये होटल, जलविद्युत, वित्त र बीमा समूह सकारात्मक रहेका छन भने वाणिज्य बैंक, विकास बैंक, उत्पादन र अन्य समूह ओरालो लागेका छन् । वाणिज्य बैंक समूह ११ अंक तथा विकास बैंक समूह २२ अंकले झरेको छ । बैंक ११.२६, विकास बैंक २४.०५, उत्पादनमुलक २२.६३ र अन्य कम्पनी उपसूचक ६.०८ अंकले घटेका छन् ।होटल १०.७४, जलबिद्युत १२.४७, फाइनान्स ९.७१ र बीमा उपसूचक ८.९१ अंकले बढेको छ । 

बुधबारको बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा धेरै ३ करोड ३१ लाख बराबरको सेयर किनबेच भयो । जनता बैंक र नेपाल लाइफ इन्स्योरेन्को पनि २ करोड बढीको कारोबार भयो । यसदिन एभरेष्ट बैंकको अग्राधिकार सेयरको मूल्य सबैभन्दा धेरै पाँच प्रतिशतले बढेको छ । वरुण हाइड्रो, किसान माइक्रो, नागरिक लगानीकोष तथा अरुण फाइनान्स लगायतको सेयरमूल्य केही बढेको छ । 

बुधबारको बजारमा लक्ष्मी लघुवित्तको सेयरमूल्य दश प्रतिशतले घटेको छ । लघुवित्तले आजै मात्र २० प्रतिशतबोनस सहित २६.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । कामना सेवा विकास बैंक, सिर्जना फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक तथा सहयोगि विकास बैंक लगायतको सेयरमूल्य घटेको छ ।  
  

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।