११ साउन / अर्थ र व्यापार – सुरु देखिनै स्थिर गतिमा देखिएको शेयर बजार बुधबार सामान्य अंकले बढेर बन्द भएको छ । खुलेको १० मिनेटमै आठ अंकले बढेको बजार त्यसपछि धेरै उतार चढाव भएन । १ बजे १६५९ अंकसम्म उक्लिएको बजार फेरि सुरुमा बढेर पुगेकै बिन्दुमा ओर्लिएको थियो ।
साताको चौथो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ८.८४ अंकले बढेर १६४५.०३ अंकमा उक्लिएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.०१ अंकले बढेर ३४५.७८ अंकमा पुगेको छ ।
सवा अर्ब रुपैयाँ बढिको कारोबार समेत भएको हो । बजारमा व्याजदर वृद्धि र लगानी योग्य पूँजी अभाव देखिएपनि शेयर बजारको कारोबार रकममा खास असर देखिएको छैन् । आज १५६ कम्पनीका २५ लाख ३५ हजार कित्ता शेयर एक अर्ब २९ करोड रुपैयाँमा खरिद बिक्रि भएको हो । सबैभन्दा बढी प्रभु इन्स्योरेन्सको नौ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको भयो ।
आज उपसुचक मिस्रित देखिएका छन् । आठ समुहको कारोबारमा बैंक ५.४२ र जलबिद्युत १.९९ अंकले घटेको छन्। होटल २५.४३, विकास बैंक १४.४१, फाइनान्स ४.०३, बीमा ३०९.८९, उत्पादनमुलक ३५.४२ र अन्य ०.८७ अंकले बढेका छन् ।
आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरीका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । न्याग्दी पावर कम्पनीको शेयर मूल्य करिब पाँच प्रतिशतले घटेको छ ।
तपाईको प्रतिक्रिया