logo

बुधबार सेयर बजारमा ६ दशमलब २२ अंकको गिरावट

    996   पटक पढिएको

२५ साउन / अर्थ र व्यापार – बुधबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट भएको छ । बजारमा नेप्से ६ दशमलब २२ अंकले घटेर १६६१ अंकमा झरेको छ । सो दिन ९१ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार १५९ कम्पनीको २८ लाख ३२ हजार कित्ता सेयर किनबेच भएको छ ।

सेयर बजारमा सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक २५ अंकले ओरालो लागेको छ । त्यस्तै, विकास बैंक र हाइड्रो समूहको परिसूचक बराबर १२ अंकले घटेका छन् । बीमा र होटल समूहको परिसूचक क्रमशः ८ र १.३५ अंकले उकालो लागेका छन् ।

बुधबार सबैभन्दा बढी लक्ष्मी भ्यालु फण्ड १ को सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, जेनरल फाइनान्स र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य क्रमशः ८.८४ र ८.८७ प्रतिशतले घटेका छन् । सोही दिन तिनाउ डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.६६ प्रतिशतले बढेको छ । 

बजारमा सबैभन्दा बढी नागरिक लगानी कोषको ३ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ४७०० रुपैयाँ रहेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।