logo

बुधबार सेयर बजार २ अंकले घट्यो

    1755   पटक पढिएको

७ भदौ / अर्थ र व्यापार – सेयर बजारमा बुधबार परिसूचक तथा कारोबार दुवैमा गिरावट आएको छ । अघिल्लो दिन ७२ करोडको कारोबार भएकोमा यस दिन ६२ करोडमा सीमित भएको छ । कारोबार रकम १० करोडले घट्दा परिसूचक २ अंकले झरेको छ । २. ७८ अंकको गिरावटपछि नेप्से १६११ अंकमा कायम भएको छ ।

यस दिन नेपाल बैंक कारोबारका आधारमा अग्रस्थानमा रह्यो । उसको ५ करोड ४६ लाखको सेयर किनबेच भएको छ । कम्पनीको आकर्षक वित्तीय विवरणले लगानीकर्तालाई तानेपछि समग्र बजार घट्दा उसको मूल्य भने २ प्रतिशतले नै बढेको छ । सो वृृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ३५७ कायम भएको छ ।

त्यस्तै दोस्रोमा रहेको प्रभु इन्स्योरेन्सको २ करोड ७९ लाखको मात्रै कारोबार भयो । युनाइटेड फाइनान्सको मूल्य सबैभन्दा धेरै ५.७ प्रतिशतले बढेको छ । एभरेष्ट इन्स्योरेन्सको मूल्य ३.७ प्रतिशतले बढ्यो ।

अघिल्लो दिनसम्म उच्च दरले बढेको हिमालयन पावर पार्टनरको सेयर मूल्य आज भने प्रतिकित्ता १० रुपैयाँले घटेको छ । छ्याङ्दी हाइड्रोको मूल्य साढे ६ प्रतिशतले घटेको छ । कालिका माइक्रोक्रेडिट, मञ्जुश्री फाइनान्स र ओरेन्टल होटलका लगानीकर्ताले ५ प्रतिशत बढी नोक्सान बेहोरे ।

यसैबीच नेको इन्स्योरेन्सको बिओडी मिटिङले रोहितकुमार भट्टराईलाई निर्देशकको रुपमा नियुक्त गरेको छ । त्यस्तै आरएसडिसी लघुवित्तले १ बराबर २ को अनुपातमा हकप्रद दिनका लागि आगामी १६ गतेलाई बुक क्लोजको मिति तय गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।