logo

बुधबार सेयरबजारमा ०.६६ अंकको गिरावट

    1558   पटक पढिएको

३१ जेठ / अर्थ र व्यापार - चारदिन लगातर घटेर मंगलबार बढेको बजार बुधबार फेरि घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ०.६६ अंकले घटेर १५८६.५० अंकमा ओर्लिएको हो । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.०६ अंकले घटेर ३३६.३० अंकमा  ओर्लिएको छ  । 

गत चैत महिनामा लगभग ३०० अंक बजार बढ्यो त्यतिबेला लगानी कर्ताले कमाउने अवसर प्राप्त गरे तर जसरी बजार बढ्यो त्यसैगरी नघटेकाले अहिलेसम्म पनि लगानीकर्ताहरुको मनोबल नघटेको हो । 

आज १४८ कम्पनीका नौ लाख ४८ हजार कित्ता शेयर ५८ करोड रुपैयाँमा खरिद बिक्री भयो । आज सबैभन्दा बढी एभरेष्ट बैंकको शेयर खरिद बिक्री भयो। बैंकको पाँच करोड २३ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो । कारोबार रकमकै आधारमा एभरेष्ट इन्स्योरेन्स दोस्रो भएको छ । एभरेष्ट इन्स्योरेन्सको चार करोड ३६ लाख रुपैयाँको कारोबार भएको हो ।

आज आठ समूहको कारोबार भएको छ । कारोबारमा आएका पाँच समूहको मूल्यमा गिरावट आएको छ भने तीन उपसूचक बढेको छ । बैंकिङ १.१७, जलबिद्युत ८.०३, बीमा १९.१७ अंकले बढेको छ । होटल २९.०७, विकास बैंक ३.०६, फाइनान्स २.४४, उत्पादनमूलक ३४.३४ र अन्य ५.७९ अंकले घटेको छ ।

आज सबैभन्दा बढी वर्ल्ड मर्चेन्ट बैंकिङ एंड फाइनान्सका शेयरधनीले करिब आठ प्रतिशत  कमाएका छन् ।  यस्तै कन्काई विकास बैंकका शेयरधनीले करिब ६ प्रतिशत गुमाएका छन् ।  ३३.३३ प्रतिशत हकप्रदका लागि बुकक्लोजको मिति तोकेको एभरेष्ट बैंकको सबै भन्दा धेरै सवा पाँच करोड रुपैंयाको सेयर किनबेच भएको छ । 

 संकटग्रस्त अवस्थाको वल्र्ड मर्चेण्ट बैकिंङको झण्डै आठ प्रतिशतले सेयरमूल्य बढेको छ । गुमाउनेको सूचीको पहिलो स्थानमा  कन्काई विकास बैंक परेको छ । समग्र बजार पूँजीकरण १८ खर्ब ५३ अर्ब रुपैंयामा सिमित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।