logo

बुधबार सेयरबजार २.५५ अंकले बढ्यो

    1821   पटक पढिएको

२८ असार / अर्थ र व्यापार – सेयरबजार परिसूचक नेप्से बढेको छ । बुधबारको कारोबारमा नेप्से अढाई अंक बढीले उकालो लागेपनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३५ करोडले कम हो ।बुधबार नेप्से २.५५ अंकले बढेर १५८७.५६ विन्दुमा पुगेको छ । कारोबारमा आएका अधिकांस समूहमा गिरावट आएपनि वाणिज्य बैंक, विकास बैंक र बीमा समूह सकारात्मक रहेपछि बजार सामान्य बढेको हो ।

यसदिन वाणिज्य बैंक समूह ३.५९, विकास बैंक ७.२९ तथा बीमा २७.७१ अंकले बढेका छन । होटल,जलविद्युत, वित्त र अन्य समूह भने नकारात्मक रहेका छन ।

१५२ कम्पनीको कारोबार भएको बजारमा ३५ लाख ९७ हजार कित्ता सेयर ६४ करोड २ लाख रुपैयाँ बराबरमा किनबेच भए ।  मंगलबार झण्डै एक अर्ब बराबरको कारोबार भएको थियो । मंगलबारको बजारमा नबिल बैंक र नेशनल लाईफको संस्थापक सेयरको खरिद बिक्री उच्च हुँदा कारोबार रकम उकासिएको थियो । 

बुधबारको बजारमा सोल्टी होटलको सबैभन्दा धेरै ७ करोड ६३ लाख बराबरको सेयर किनबेच भएको छ । मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर पनि ३ करोड ७२ लाख बराबरको कारोबार भयो । नेपाल लाइफ र एनसीसी बैंक पनि उच्च कारोबार गर्ने कम्पनीको सूचिमा रहेका छन ।

बजार झिनो अंकले बढेपनि चार कम्पनीको सेयरमूल्य दश प्रतिशतकै हाराहारीमा बढेको छ । फरवार्ड माइक्रो,अरुण फाइनान्स, कर्णाली डेभलपमेन्ट र कुबेर मर्चेन्टको सेयरमूल्य दश प्रतिशतकै हाराहारीमा बढेको छ । 

सिनर्जी फाइनान्स र नागरिक लगानीकोषको सबैभन्दा बढी चार प्रतिशतले सेयरमूल्य ओरालो लागेको छ । नागरिक लगानीकोषले अघिल्लो बर्षको कमाईबाट २१.८५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो । कोषको प्रस्तावलाई लगानीकर्ताले खासै रुचाएको देखिएन । धितोपत्र बोर्डको कारबाही भोगेर आजै कारोबार खुलेको नेशनल हाइड्रोको सेयरमूल्य घटेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।