logo

बुधबार सेयरबजार ११.९४ अंकले बढ्यो

    1788   पटक पढिएको

२१ भदौ / अर्थ र व्यापार – बुधबारको सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ भने कारोबार रकममा सामान्य गिरावट देखिएको छ । केही दिन यता बैंक तथा वित्तीय संस्थाहरुले सहज रुपमा सेयरकर्जा प्रवाह गर्ने आर्कषक योजनाका विज्ञापनहरु गर्न थालेपछि यसको प्रभाव बजारमा देखिएको हो ।

नबिल र एनआइसी एशिया लगायतका वाणिज्य बैंक, मुक्तिनाथ, ज्योति,कैलाश लगायतका विकास बैंकले सेयर कर्जाका योजनाहरु सार्वजनिक गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले सेयर कर्जा लिन धमाधम बोलाएपछि सेयरबजारमा सुध्रने आशमा लगानीकर्ता रहेको र सोही अनुसार कारोबारमा सहभागी हुँदा बजारमा सकारात्मक प्रभाव परेको हो । 

तर बैंकहरुले सेयर कर्जा लिन बोलाएपनि सहज रुपमा कर्जा पाउन नसकेको साना लगानीकर्ताको गुनासो छ । धेरै जसो बैंकहरुले ठुला लगानीकर्तालाई मात्र सेयर कर्जा उपलब्ध गराएको छ ।

मंगलबार इन्द्रजात्राको अवसरमा सार्वजनिक विदा परेकाले सेयर कारोबार भएन । बुधबार कारोबार खुल्नासाथ इन्भेष्टमेन्ट बैंकको लाभांशको सूचना नेप्सेमा सार्वजनिक भयो । बैंकको लाभांशले बजारमा तिब्र वृद्धि आयो । सबैभन्दा धेरै चुक्तापूँजी र साधारण सेयरको संख्या भएको बैंकले आर्कषक लाभांश प्रस्ताव गरेपछि बजार आधाघण्टा नपुग्दै २५ अंकसम्म उकालो लागेको थियो । बैंकले २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद दिने बताएको थियो ।

तर बैंकले सूचना गलत भएको भन्दै सच्याएर अर्को सूचना जारी गरेपछि बजारको चाम हरायो । उसले १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश बाड्ने प्रष्ट्यायो । बैंकको एक गलत सूचनाले यसबिचमा इन्भेष्टमेन्ट बैंकको सेयर किन्ने लगानीकर्ताले घाटा सहनु पर्यो । बजार खुल्दा प्रतिकित्ता ७४३ रुपैयाँ रहेको बैंकको सेयरमूल्य प्रतिकित्ता ८०५ रुपैयाँ सम्म पगेको थियो । बजार बन्द हुदा सेयरमूल्य ७६२ रुपैयाँ कायम भएको छ ।

बजारमा इन्भेष्टमेन्ट बैंकको सबैभन्दा धेरै ७ करोड बढीको सेयर किनबेच भएको छ । बैंकको ९१ हजार २४७ कित्ता सेयर किनबेच भयो । बुधबार सेयरबजार परिसुचक नेप्से ११.९४ अंकले बढेर १५६६.५० बिन्दुमा पुगेको छ । यसदिन १६४ कम्पनीको ८३ करोड ४३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । कारोबार रकम गत सोमबारको तु्लनामा करिब एक करोड कम हो ।

इन्भेष्टमेन्ट बैंकपछि उच्च कारोबार हुने गुराँस लाइफ इन्स्योरेन्सको ५ करोड बढीको संस्थापक सेयरको किनबेच भयो । नेपाल लाइफ र नबिल बैंकले पनि ३ करोड बढीको कारोबार गरे ।

यसदिन महिला संस्था वित्तीय सहयात्रको सेयरमूल्य सबैभन्दा धेरै दश प्रतिशतले बढेको छ । आरएसडिसी लघुवित्तको सेयरमूल्य पनि झण्डै दश प्रतिशतकै हाराहारीमा बढेको छ । सिद्धार्थ ओरिन्टेड इक्कुटी स्किम र नादी पावरको सेयरमूल्य सबैभन्दा धेरै आठ प्रतिशत बढीले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।