logo

बुधबार सेयरबजार ३.६२ अंकले उकालो चढ्यो

    1396   पटक पढिएको

७ असार / अर्थ र व्यापार - अघिल्लो सातादेखि निरन्तर ओरालो लागेको सेयरबजार परिसूचक नेप्से बुधबार भने सामान्य उकालो लागेको छ । बजार सामान्य बढेपनि कारोबार रकम भने खस्कियो । अघिल्लो दिनको तुलनामा बुधबार कारोबार रकममा १२ करोडले कमी आएको छ । बुधबार नेप्से ३.६२ अंकले बढेर १५५४.६९ विन्दुमा पुगेको छ ।

कारोबारमा आएका जलविद्युत, फाइनान्स, उत्पादन र अन्य समूह नकारात्मक रहेपनि वाणिज्य बैंक लगायत विकास बैंक, जलविद्युत, होटल र विमा समूह सकारात्मक रहेपछि समग्र नेप्से सामान्य बढेको हो । यसदिन १५२ कम्पनीको करिब ४६ करोड ७५ लाख बराबरको सेयर किनबेच भयो । कारोबार रकमको अघिल्लो दिनको भन्दा १२ करोड कम हो ।

बुधबारको सेयरबजारमा एभरेष्ट बैंकको सबैभन्दा धेरै चार करोड बढीको सेयर कारोबार भयो । एभरेष्ट बैंकको ३३ प्रतिशत हकप्रदपश्चात आजै मात्र सेयरमूल्य समायोजन भएको थियो । त्यस्तै स्ट्याण्र्डड चार्टर्ड बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सको पनि दुई करोड बढीको सेयर किनबेच भयो ।

यसदिन फरवार्ड वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढीले उकालो लागेको छ । कर्णाली डेभलपमेन्ट बैंक, \नेशनल माइक्रोफाइनान्स, मितेरी डेभलपेमेन्ट लगायतको सेयरमूल्य पनि सामान्य बढेको छ ।

हिमालयन डिष्टलरीका लगानीकर्ताले सबैभन्दा धेरै सात प्रतिशतले गुमाएको बजारमा सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स, काबेली विकास बैंक लगायतको कम्पनीको सेयरमूल्य घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।