logo

बुधबार सेयरबजारमा १४.२४ अंकको गिरावट

    1697   पटक पढिएको


२४ जेठ / अर्थ र व्यापार -   नयाँ अर्थमन्त्री नियुक्त भएकै दिन सेयरबजारमा उच्च गिरावट आएको छ । कारोबार खुलेदेखि नै दिनभर उतारचढाब देखिएको सेयरबजार बन्द हुने समयतिर ह्वात्तै ओरालो लागेको हो । नयाँ अर्थमन्त्री घोषणा हुनासाथ बजार तिब्र गतिले घटेकाले पनि सेयरबजारले नयाँ अर्थमन्त्रीलाई नरुचाएको देखिन्छ । अर्थतन्त्रमा कम जानकार अर्थमन्त्री नियुक्त भएपछि लगानीकर्ताको मनोबल खस्किएको छ ।

बुधबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १४.२४ अंकले घटेर १६२५.५२ अंकमा ओर्लिएको छ । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.८८ अंकले घटेर ३४४.९१ अंकमा ओर्लिएको छ ।

मंगलबार करिब ९२ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार भने कारोबार रकम घटेको छ । १४९ कम्पनीका ११ लाख ७३ हजार कित्ता शेयर ६९ करोड रुपैयाँमा खरिद बिक्री भएको छ ।

बुधबार सबैभन्दा बढी स्ट्यान्डर्ड चाटर्ड बैंकको शेयर खरिद बिक्री भएको छ । बैंकको आठ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो। यसैगरी कारोबार रकमकै आधारमा सनराइज बैंक दोस्रो भएको छ । बैंकको चार करोड ५७ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको हो ।

मंगलबार आठ समूहमा सात समूहको वृद्धि भएकोमा बुधबार ठिक उल्टो भएको छ । कारोबारमा आएका आठ सूचकमा सात सूचक घटेको छ । बैंकिङ ९.९८, होटेल ५७.८५, विकास बैंक १२.४७, जलबिद्युत १७.७३, फाइनान्स ०.१८, बीमा ९१.७७ र अन्य ४.६३ अंकले घटेको छ । उत्पादनमूलक भने ९.६९ अंकले बढेको छ ।

बुधबार सबैभन्दाबढी  आरएसडीसी लघुवित्तले करिब १० प्रतिशत कमाएका छन् भने सगरमाथा इन्स्योरेन्स कम्पनीका शेयरधनीले करिब ४ प्रतिशत गुमाएका छन् ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।