logo

मंगलबार शेयर बजारमा ४.६३ अंकको वृद्धि

    1314   पटक पढिएको

३० जेठ / अर्थ र व्यापार - मंगलबारको सेयर बजार हरियो भएको छ । लगातार चार दिन घटेको शेयर बजारमा पाँचौ दिन केही बढेको छ ।सो दिन ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ४.६३ अंकको वृद्धि संगै १५८५.१५ अंकमा उक्लिएको हो। 
 
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९६ अंकको वृद्धि संगै ३३६.३६ अंकमा पुगेको छ। शेयर बहादुर देउवा प्रधानमन्त्री निर्वा्चित भएको दिन दोहोरो अंकले बढेको बजार त्यसयता लगातार घटेको थियो।
 
कारोबार खुले देखि घटेको बजार एक बजे पछि उकालो लागेको थियो। २ बजे १५९१ अंक छोएर बजार फेरि ओर्लिएको थियो। 
 
मंगलबार १४३ कम्पनीको नौ लाख १८ हजार कित्ता शेयर ४९ करोड रुपैयाँमा खरिद बिक्रि भयो। 
 सबैभन्दा बढी एभरेष्ट बैंकको शेयर खरिद बिक्रि भएको छ। बैंकको चार करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको हो। कारोबार रकमकै आधारमा स्ट्यान्डर्ड चाटर्ड बैंक दोस्रो स्थानमा छ। बैंकको तीन करोड ९६ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको हो।
 
आज कारोबारमा आएका आठ समुह मध्ये सात वटा उकालो लागेका छन्। बैंकिङ ३.६३, होटल १७.७९, विकास बैंक २.०७, जलबिद्युत १३.३२, फाईनान्स १.४४, बीमा १४.६९ र अन्य ८.१ अंकले बढेको छ। उत्पादन मुलक समुह भने ७.६३ अंकले घटेको छ।
 
आज सबैभन्दा बढी वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनीका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन्। सबैभन्दा बढी गुमाउनेमा हिमालयन डिस्टिलरीका शेयरधनी छन्। डिस्टिलरीको शेयर मूल्य आठ प्रतिशतले घटेको हो।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।