logo

मंगलबार शेयर बजारमा ३.०१ अंकको गिरावट

    1675   पटक पढिएको

२० असार / अर्थ र व्यापार – चालु आर्थिक बर्षको समाप्ति निकट आउँदा शेयर बजारको ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । मंगलबार शेयरबजार थोरै अंकले घटे पनि कारोबार रकम भने औषत अनुपातमा निकै तल झरेको छ । मंगलबार शेयर बजार ३.०१ अंकले घटेर १५४१.२८ अंकमा झरेको हो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३७ अंकले घटेर ३२७.०८ अंकमा ओर्लिएको छ ।

१४२ कम्पनीको सेयर खरिद बिक्रि हुँदा कारोबार रकम भने ३७ करोड ५९ लाख रुपैयाँमा सिमित भएको हो । रकमसँगै खरिद बिक्री हुने शेयर संख्यामा पनि गिरावट आएको छ । चार घण्टाको जम्मा ६ लाख ६४ हजार कित्ता मात्र शेयर कारोबार भएको हो । नेप्से उचाईमा पुगेको बेला २० लाख कित्ता शेयर कारोबार हुनुलाई सामान्य मानिन्थ्यो । कारोबार रकम र शेयर संख्याको समेत गिरावटले लगानीकर्ता यतिखेर पर्ख र हेरको अबस्थामा रहेको प्रस्ट्याएको छ । 

मंगलबार उपसुचक मिस्रित देखिएका छन् । बैंक २.०६, विकास बैंक ४.०१, जलबिद्युत १३.४८, बीमा ३३.३६ र  उत्पादन मुलक ३.२६ अंकले घटेका छन्। होटल १५.३४ र फाइनान्स ०.११ अंकले बढेका छन् भने अन्य समूहमा कुनै फेरबदल भएन ।

मंगलबार मात्रै ६ वटा कम्पनीको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो । सो दिन सबैभन्दा बढी हकप्रद सेयर सूचिकृत भएको छ । बजारमा एक करोड ८४ लाख ४७ हजार ५३६ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ भने १२ लाख १३ हजार ४१६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । 

मंगलबार ज्योति विकास बैंकको ७६ लाख ६५ हजार ६६३ कित्ता, गरिमा विकास बैंकको ८७ लाख ३० हजार ३७८ कित्ता र प्रभु इन्स्योरेन्सको १९ हजार २५ हजार ७८ कित्ता हकप्रद सेयर थपिएको छ । त्यस्तै, नागबेली लघुवित्त विकास बैंकको एक लाख २६ हजार ४१७ कित्ता हकप्रद र एक लाख ५० हजार कित्ता बोनस सेयर थपिएको छ । महालक्ष्मी विकास बैंकको ९ लाख १३ हजार ४१६ कित्ता र आरएसडीसी लघुवित्त वित्तीय संस्थाको १ लाख ५० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

आज फर्वार्ड माइक्रोफाइनान्सका शेयरधनीले करिब नौ प्रतिशत कमाएका छन् भने सिर्जना फाइनान्सका शेयर धनीले करिब ६ प्रतिशत गुमाएका छन् ।                 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।