logo

मंगलबार सेयर बजारमा १३ अंकको गिरावट

    996   पटक पढिएको

३१ साउन / अर्थ र व्यापार – सेयर बजार सुचक निरन्तर झर्न थालेपछि कारोबार रकममा पनि गिरावट आउन थालेको छ । मंगलबार बजार १३ अंक ओर्लिँदा कारोबार रकम ७८ करोड ३६ लाखमा खुम्चिएको छ । सात उपसुचक झरेका छन् । समग्र बजार ओरालो लाग्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६२९.१६ अंकमा आएको छ । 

दिनभरीमा १६० कम्पनीका १६ लाख १५ हजार कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा बढि नेशनल हाइड्रोपावर कम्पनीको किनबेच भएको छ । कम्पनीको दुई लाख कित्ता शेयर चार करोड ५४ लाख रुपैयाँमा खरिद बिक्रि भएको छ । १६४२ अंकबाट सुरु भएको बजार निरन्तर ओरालो लागेको हो । मध्यान्ह १२ बजेपछि केही समालिएको बजारले अन्तसम्म निरन्तरता पाउन नसक्दा बजार घटेर बन्द भएको हो । 

कारोबारमा आएका उपसुचकमा होटल बाहेक सबै घटेको छ । बैंक १०.८६, विकास बैंक १३.७४, जलबिद्युत २४.४९, फाइनान्स ३.९६, बीमा ८८.७६, उत्पादनमुलक २८.३४ र अन्य ५.७९ अंकले घटेको छ । होटल समूह ३.२ अंकले बढेको छ । महालक्ष्मी विकास बैंकका शेयरधनीले १० प्रतिशत कमाएका छन् भने हिमालयन डिस्टिलरीको शेयर मूल्य १० प्रतीशतले घटेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।