logo

मंगलबार सेयर बजारमा ४.०९ अंकको गिरावट

    1802   पटक पढिएको

६ असार / अर्थ र व्यापार - अघिल्लो सातादेखि निरन्तर ओरालो गतिमा रहेको सेयरबजारको गिरावट मंगलबार पनि थामिएन् । यसदिन नेप्से चार अंक बढीले ओरालो लागेको छ भने अघिल्लो कारोबारको तुलनामा कारोबार रकममा समेत कमी आएको छ ।

 मंगलबार नेप्से ४.०९ अंकले झरेर १५५१.०७ विन्दुमा आईपुगेको छ । कारोबारमा आएका जलविद्युत, उत्पादन र अन्य बाहेक सबै समूह ओरालो लागेपछि समग्र नेप्से ओरालो लागेको हो । यसदिन १४१ कम्पनीको करिब ५८ करोड बराबरको सेयर किनबेच भयो । कारोबार रकमको अघिल्लो दिनको भन्दा ६ करोड कम हो ।

चार अंक बढीले बजार घट्दा मंगलबार मात्रै लगानीकर्ताको खुद सम्पत्ति ४ अर्बले घटेको छ । यसदिन समग्र बजारपूँजीकरण १८ खर्ब १५ अर्ब रुपैयाँ कायम भएको छ ।

मंगलबारको सेयरबजारमा एभरेष्ट बैंकको सबैभन्दा धेरै नौ करोड बढीको कारोबार भयो । एभरेष्ट बैंकको ३३ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन भएकाले यो बैंकको उच्च कारोबार भएको हो । बैंकले हकप्रद प्रयोजनका लागि बुधबार सेयरधनी दर्ता्किताब बन्द गर्देछ । 

झण्डै तीन साता कारोबार रोकिएर खुलेको एनसीसी बैंकको पनि सेयरमूल्य घटेर झण्डै ३ करोड बराबरको कारोबार भयो । एनसीसीको सेयरमूल्य ६.५१ प्रतिशतले ओरालो लागेको छ ।

यसदिन नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै पाँच प्रतिशत बढीले उकालो लागेको छ । स्वोरोजगार लघुवित्त, समिट माइक्रोफाइनान्स लगायतको सेयरमूल्य सामान्य बढ्यो । 

यसदिन एभरेष्ट बैंकको संस्थापक सेयरको मूल्य सबैभन्दा धेरै नौ प्रतिशत बढीले ओरालो लाग्यो । सृजना फाइनान्स, एनसीसी बैंक, कञ्चन डेभलपमेन्ट बैंक, आइसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स लगायतको सेयरमूल्य घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।