logo

मंगलबार सेयर बजारमा ४.०९ अंकको गिरावट

    1374   पटक पढिएको

६ असार / अर्थ र व्यापार - अघिल्लो सातादेखि निरन्तर ओरालो गतिमा रहेको सेयरबजारको गिरावट मंगलबार पनि थामिएन् । यसदिन नेप्से चार अंक बढीले ओरालो लागेको छ भने अघिल्लो कारोबारको तुलनामा कारोबार रकममा समेत कमी आएको छ ।

 मंगलबार नेप्से ४.०९ अंकले झरेर १५५१.०७ विन्दुमा आईपुगेको छ । कारोबारमा आएका जलविद्युत, उत्पादन र अन्य बाहेक सबै समूह ओरालो लागेपछि समग्र नेप्से ओरालो लागेको हो । यसदिन १४१ कम्पनीको करिब ५८ करोड बराबरको सेयर किनबेच भयो । कारोबार रकमको अघिल्लो दिनको भन्दा ६ करोड कम हो ।

चार अंक बढीले बजार घट्दा मंगलबार मात्रै लगानीकर्ताको खुद सम्पत्ति ४ अर्बले घटेको छ । यसदिन समग्र बजारपूँजीकरण १८ खर्ब १५ अर्ब रुपैयाँ कायम भएको छ ।

मंगलबारको सेयरबजारमा एभरेष्ट बैंकको सबैभन्दा धेरै नौ करोड बढीको कारोबार भयो । एभरेष्ट बैंकको ३३ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन भएकाले यो बैंकको उच्च कारोबार भएको हो । बैंकले हकप्रद प्रयोजनका लागि बुधबार सेयरधनी दर्ता्किताब बन्द गर्देछ । 

झण्डै तीन साता कारोबार रोकिएर खुलेको एनसीसी बैंकको पनि सेयरमूल्य घटेर झण्डै ३ करोड बराबरको कारोबार भयो । एनसीसीको सेयरमूल्य ६.५१ प्रतिशतले ओरालो लागेको छ ।

यसदिन नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै पाँच प्रतिशत बढीले उकालो लागेको छ । स्वोरोजगार लघुवित्त, समिट माइक्रोफाइनान्स लगायतको सेयरमूल्य सामान्य बढ्यो । 

यसदिन एभरेष्ट बैंकको संस्थापक सेयरको मूल्य सबैभन्दा धेरै नौ प्रतिशत बढीले ओरालो लाग्यो । सृजना फाइनान्स, एनसीसी बैंक, कञ्चन डेभलपमेन्ट बैंक, आइसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स लगायतको सेयरमूल्य घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।