logo

आज रैराङ हाइड्रोको आइपीओमा आवेदन गर्ने अन्तिम दिन

    1873   पटक पढिएको

८ असार / अर्थ र व्यापार - रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित पाँचथर र ताप्लेजुङका स्थानीयबासीका लागि निष्काशन गरेको साधारण सेयरमा आवेदन गर्ने विहीबार अन्तिम दिन हो । कम्पनीले गत जेठ २५ गतेदेखि स्थानियका लागि एक सय रुपैयाँ अंकित दरको पाँच लाख ६० हजार कित्ता आइपीओ जारी गरेको थियो ।

 रैराङले जारी गरेको पाँच लाख ६० हजार कित्ता साधारण सेयर मध्ये दुई लाख २४ हजार कित्ता सेयर आयोजनाबाट प्रत्यक्ष प्रभावित हुने पाँचथरको थर्पु र ताप्लेजुङको साब्लाखु गाविसका स्थानीयलाई छुट्याईएको छ । त्यस्तै तीन लाख ३६ हजार कित्ता सेयरमा भने पाँचथर द्दघर ताप्लेजुङका सबै सर्वसाधारणले आवेदन दिन पाउनेछन् । 

स्थानीय बासीन्दाले साधारण सेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम २८ सय कित्तासम्म आवेदन गर्न पाउनेछन् ।     कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा सिभिल बैंकको पाँचथरको साविक थर्पु गाविसको मेदिबुङ बजार र फिदिम शाखा बाट आवेदन गर्न सक्नेछन् ।

त्यस्तै माछापुच्छ्रे बैंकको फिदिम शाखा, एनआइसी एशिया बैंकको फिदिम शाखा, एनएमबि बैंकको फिदिम शाखा र ताप्लेजुङको फुङलिङ शाखाबाट समेत आईपीओमा आवेदन गर्न सक्नेछन् । हाल कम्पनीको जारी पुँजी ५६ करोड रुपैयाँ रहेको छ भने संस्थापक सेयरधनीको स्वामित्व ७५ प्रतिशत रहेको छ । कम्पनीले स्थानीयका लागि जारी गरिएको आईपीओ बाँडफाँडपछि दोस्रो चरणमा १५ प्रतिशत बराबरको ८ लाख ४० हजार कित्ता सेयर कर्मचारी र सर्वसाधारणलाई लागि बिक्री गर्नेछ ।

रैराङले निर्माण गरीरहेको पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजनाबाट आगामी माघसम्ममा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । इवाखोला जलविद्युत आयोजनामा २५ प्रतिशत बराबरको १४ लाख कित्ता सेयर रिडी हाइड्रोपावरको नाममा रहेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।