logo

बिहीबार सेयरबजार १.५ अंकले बढ्यो

    1295   पटक पढिएको

१२ साउन / अर्थ र व्यापार – वाणिज्य बैंक समूह बढेपछि साताको अन्तिम दिनको सेयरबजार सामान्य उकालो लागेको छ । बिहीबार नेप्से परिसूचक १.५ अंकले बढेर १६४६.५३ अंकमा पुगेको छ । पछिल्ला केहीदिन यता निरन्तर उकालो लागेको बीमा समूहको सूचक भने ओरालो लागेको छ ।

बजार खुल्नासाथ ओरालो लागेको नेप्से कारोबार अवधिको मध्यतीर समालिएर उकालो लाग्न थालेको थियो । बजार खुलेपनि नेप्सेको वेभसाइट नचल्दा ब्रोकर कार्यालय भन्दा बाहीर रहेका लगानीकर्ता बजारको गतिविधीबाट टाढै रहन पुगे । जसले गर्दा लगानीकर्ताहरुले सहज रुपमा बजारबारे जानकारी लिन सकेनन् । बीचमा नेप्सेको साइट चल्न थालेपछि बजार ७ अंक बढीले उकालो लागेपनि बन्द हुने समयसम्म आइपुग्दा डेढ अंक माथि खुम्चिन पुग्यो । 

यसदिन कुल १४९ कम्पनीको एक अर्ब १५ करोड बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १४ करोड कम हो । विहीबारको बजारमा बीमा, वित्त र जलविद्युत बाहेकका सबै सूचक सकारात्मक रहेका छन ।

यसदिन वाणिज्य बैंक समूहको सूचक ६.१३ अंकले बढेपछि नेप्से घट्न पाएन, विकास बैंक, होटल, उत्पादन र अन्य समूहका सूचक समेत बढेका छन । बीमा समूहको सूचक घटेपनि कारोबार रकममा भने वाणिज्य बैंक समूहलाई उछिनेको छ । यसदिन वाणिज्य बैंक समूहमा २२ करोड बराबरको कारोबार हुँदा बीमा समूहमा ५३ करोड बढीको कारोबार भयो ।

बिहीबारको कारोबारमा प्रभु इन्स्योरेनसको सबैभन्दा धेरै ५ करोड ८५ लाख बराबरको सेयर किनबेच भयो । प्राइम लाईफ इन्स्योरेन्सको पनि पाँच करोड बढीको सेयर किनबेच भएको छ । सगरमाथा इन्स्योरेन्स, नेपाल लाईफ, नेशनल लाइफ लगायतका कम्पनी उच्च कारोबार गर्नेको सूचिमा अगाडि रहेका छन ।

यसदिन काबेली विकास बैंकको सेयरमूल्य सबैभन्दा धेरै दश प्रतिशतले बढेको छ । यस्तै हिमालयन डिष्टलरी,लुम्बिनी विकास बैंक र कालिका माइक्रोक्रेडिटको सेयरमूल्य पनि नौ प्रतिशत बढीले उकालो लागेको छ । मेरो माइक्रोफाइनान्स, ओरेन्टल होटल लगायतको सेयरमूल्य बढेको छ ।

अरुण फाइनान्सको सबैभन्दा धेरै ६ प्रतिशतले सेयरमूल्य घटेको छ । राष्ट्रिय बीमा कम्पनी रिलायन्स फाइनान्स, कुवेर मर्चेन्ट तथा सूर्य लाईफ इन्स्योरेन्स लगायतको सेयरमूल्य पनि घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।