logo

बिहीबार सेयर बजार ३१.०५ अंकले बढ्यो

    1783   पटक पढिएको

२२ असार / अर्थ र व्यापार – साउन महिना नजिकिँदै  गर्दा सेयरबजारमा हरियाली छाएको छ । साताको अन्तिम दिनको कारोबारमा सेयरबजार ३१ अंकले उकालो लागको छ भने अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि ५८ प्रतिशतले बढेकोे छ ।

बिहीबार नेप्से ३१.०५ अंकले बढेर १५८२.११ अंकमा पुगेको छ । कारोबार खुलेदेखि नै निरन्तर उकालो लागेको नेप्से दुई प्रतिशतले बढेको हो । कुल १४८ कम्पनीको कारोबार भएको बजारमा ७६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । बुधबारको तुलनामा कारोबार रकम २८ करोडले बढी हो । बुधबारको कारोबारको तुलनामा विहीबार कारोबार रकम ५८ प्रतिशतले बढेको छ । 

चुनाबी खर्च र आर्थिक बर्ष सकिनै लाग्दा सरकारी खर्च समेत बढ्न थाल्दा वित्तीय प्रणालीमा तरलताको अवस्था सहज हुँदा यसको प्रभाव सेयर बजारमा देखिएको छ । असार मसान्त सकिदै गर्दा बैंक तथा वित्तीय संस्थाहरुका ऋणीहरुले साँवा तथा कर्जाको ब्याज तिर्ने रकम जोहो गरिसकेकाले पनि सेयर कारोबार बढोत्तरी आएको हो ।

अर्कातर्फ नयाँ आर्थिक बर्षका लागि आउने मौद्रिक नीतिप्रति लगानीकर्ताको सकारात्मक अपेक्षासँगै सूचिकृत कम्पनीले चौथो त्रैमासमा उच्च नाफा सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने आँकलनले पनि लगानीकर्ताले सेयर खरिद बढाएको देखिएको छ । अर्कातर्फ केही साता यताबाट निरन्तर घटेको बजारमा राम्रा कम्पनीको सेयरहरु सस्तो मूल्यमा उठाएकाले पनि बजारमा उच्च वृद्धि आएको हो ।

त्यस्तै मल्टिबैकिङ क्लियरिङ सेटलमेन्टको सुरुवात र स्वचालित अनलाइन प्रणाली भदौबाटै परिक्षणमा आउने बिषयले पनि लगानीकर्ताकताको मनोबल बढ्न गएको देखिन्छ । 

विहीबार कारोबारमा आएकामध्ये सबै समूहमा हरियाली छाएको छ । यसदिन सबैभन्दा बढी बीमा समूहको सूचक ३१९ अंकले बढेको छ । वाणिज्य बैंक २४.५३, विकास बैंक ३९.४५, जलविद्युत २०.७४, वित्त ४.९२, उत्पादन ११.२४ र अन्य समूह ४.३४ अंकले उकालो लागेका छन ।

यसदिन नेरुडे लघुवित्तको सबैभन्दा बढी ६ करोड २० लाख बढीको सेयर कारोबार भएको छ । नेपाल लाइफको ५ करोड ४९ लाख तथा सानिमा बैंकको ४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

साताको अन्तिम दिनको सेयर कारोबारमा अरुण भ्याली हाइड्रोको सेयरमूल्य सबैभन्दा धेरै सात प्रतिशतले बढेका छ । यस्तै निर्धन उत्थान,नेपाल लाइफ, रिलायबल वित्तीय संस्था, सूर्य लाइफ लगायतका कम्पनीको सेयरमूल्य बढेको छ ।

 ३१.०५ अंकले बढेको बजारमा प्रोगेशिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै आठ प्रतिशतका दरले गुमाए । वल्र्ड मर्चेन्ट फाइनान्स, गुडविल फाइनान्स तथा जेबिल्स फाइनान्स लगायतका कम्पनीको सेयरमूल्य ओरालो लागेको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।