कात्तिक १३ / अर्थ र व्यापार - सनराईज बैंक र बङ्गलादेश बैंकको सेयरमूल्य सोमबार समायोजन भएको छ । दुबै बैंकले गत आर्थिक बर्षमा वितरण गरेका बोनस समायोजन गरि नेपाल स्टक एक्सचेञ्जले मूल्य समायोजन गरेको हो ।
नेप्सेले जनाएअनुसार सनराईज बैंकको १५ प्रतिशत बोनस सेयरपछि २९२ रुपैयाँमा मूल्य समायोजन भएको छ । यसअनुसार बैंकको सेयर कारोबार सोमबार २९२ रुपैयाँमा कारोबार खुला हुनेछ । बैंकको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधारमूल्य ३८३ रुपैयाँ कायम भएको छ । गत आर्थिक बर्षमा सनराईजले एक अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा कायम गरेको थियो ।
तपाईको प्रतिक्रिया