logo

आइतबार नेप्से परिसूचक दोहोरो अंकले घट्यो

    1576   पटक पढिएको

४ भदौ / अर्थ र व्यापार – नेप्से परिसूचक साताको पहिलो दिन दोहोरो अंकमा घटेको छ । ११. ७८ अंकले घटेर नेप्से १६१७ अंकमा कायम भएको छ । १५९ कम्पनीको ७९ करोड ४६ लाखको सेयर खरिदबिक्री भएको छ । होटलबाहेकका सबै समूह रातो अंकमा रहे । सो समूह ४ अंकले बढेको छ । बैंकिङ १२ , विकास बैंक १४, जलविद्युत १५, बिमा ३९, उत्पादन २५ र अन्य समूह २ अंकले अंोर्लिए ।

प्राइम लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै रकमको कारोबार भयो । सो कम्पनीको ५ करोड ४३ लाखको कारोबार हुँदा मूल्य पनि बढेर प्रतिकित्ता २७७४ कायम भएको छ  । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको ४ करोड ४४ लाखको कारोबार भयो । ६० प्रतिशत लाभांशका लागि कम्पनीको बुक क्लोज मिति भदौ १२ रहेकाले उसको कारोबार बढेको हो । कम्पनीले आजै लाभांशको घोषणा गरेको हो । एनसीसी बैंक, नेपाल बैंक तथा साना किसान बैंकपनि कारोबारका आधारमा अगाडि रहे।

बजार घटे पनि स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा नाफा कमाएका छन् । सिर्जना फाइनान्स र लक्ष्मी बैंकको मूल्य क्रमशः ७ र ५ प्रतिशतले बढेको छ । हिमालयन डिस्टिलरीका लगानीकर्ताले आज पनि १० प्रतिशत मूल्य गुमाए । वर्ल्ड मर्चेन्ट बैंकिङको मूल्य ९ प्रतिशतले घटेको छ । रिडी हाइड्रो, ग्रीन डेभलपमेन्टको मूल्य क्रमशः ७ र ५ प्रतिशतले घट्यो । समूहगत रुपमा हेर्दा बैंकिङ समूहको सबैभन्दा धेरै २० करोड ९० लाखको कारोबार भएको छ ।

आजदेखि हिमालयन पावरको कारोबार भएको छ । ३ सय रुपैयाँमा कारोबार खुले पनि बन्द हुँदा प्रतिकित्ता ३३० पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।