logo

आइतबार सेयरबजारमा ११.४० अंकको गिरावट

    2955   पटक पढिएको

२९ साउन / अर्थ र व्यापार – साताको पहिलो दिनको सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ भने कारोबार रकममा समेत कमी आएको छ । वित्त र उत्पादन समूह बाहेक सबै समूहका सूचक नकारात्मक रहेपछि सेयरबजार ओरालो लागेको हो । आइतबार नेप्से ११.४० अंकले घटेर १६४२.१३ अंकमा झरेको छ । १६० कम्पनीको कारोबार भएको बजारमा ८० करोड १८ लाख बराबरको सेयर किनबेच भयो । विहीबारको तुलनामा कारोबार रकम १२ करोड कम हो ।

विगत तीन चार दिन यताको अविरल बर्षाका कारण तराईक्षेत्रका अधिकांस स्थानहरु डुबानमा परेको र पहाडी क्षेत्रका केही ठाउँहरुमा आएको पहिरोको प्रभाव समेत सेयरबजारमा देखिएको छ । विरगन्ज, इटहरी तथा विराटनगर लगायतका ब्रोकर शाखाहरुमा बाढीका कारण ईन्टरनेटमा आएको समस्याले सेयर कारोबार हुन सकेन जसले गर्दा सेयर कारोबारमा गिरावट देखिएको हो । वेभसर्फरमा आएको समस्याका कारण ति क्षेत्रमा सेयर कारोबार हुन नसकेको ब्रोकरहरुले जानकारी दिएका छन् ।

यसदिन नेशनल हाइड्रोको सबैभन्दा धेरै ६ करोड ३८ लाख बराबरको सेयर किनबेच भयो । कम्पनीले साउन ३१ बोलाएको साधारणसभा हुने निश्चित भएपछि कारोबार रकम बढेको हो । पाटन उच्च अदालतले कम्पनीको साधारणसभा रोक्न परेको रीट खारेज गर्दे तोकिएको दिनमा सधारणसभा राख्न आदेश दिएपछि कम्पनीको कारोबार बढेको हो । साधारणसभामा कम्पनीको नयाँ व्यवस्थापन भित्राउने एजेण्डा लगिदैछ ।

यसदिन महालक्ष्मी विकास बैंकको सबैभन्दा धेरै झण्डै दश प्रतिशतले सेयरमूल्य बढेको छ । यति डेभलपेमन्टलाई गाभेको महालक्ष्मीको आजैबाट नेप्सेमा सेयर कारोबार खुलेको हो । अरुण फाइनान्स, नेशनल हाइड्रो लगायतको सेयरमूल्य बढेको छ । ललितपुर फाइनान्सको सेयरमूल्य दश प्रतिशतले घटेको छ । ग्रिन डेभलपमेन्ट बैंक र हाम्रो विकास बैंकको सेयरमूल्य पनि दश प्रतिशतकै हाराहारीमा घटेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।