१६ साउन/अर्थ र व्यापार– दुईदिन देखी लगातार गिरावट आएको शेयर वजारमा बुधवार आंशिक सुधार आएको छ । शेयर बजार मापक सूचक २.४० अंकले बढेर ११९३.८७ अंकमा उक्लिएको छ ।
दुई दिनको गिरावट पछि शेयर बजारमा झिनो अंकको सुधार देखिएको हो।
बुधवार शेयर बजारमा १५४ कम्पनीका शेयर २२ करोड रुपैयाँमा खरिद बिक्री भए । नेको इन्स्योरेन्स कम्पनीको मात्रै संस्थापक शेयर साढे चार करोड रुपैयाँको खरिद बिक्री भएको छ ।
उप सूचक मिश्रित देखिएका छन् । १० समूहको कारोबारमा सात समूह बढेका छन् भने तीन समूह बढेका छन् । बैंक २.८१, होटल ११.२५, विकास बैक ३.४७, निर्जीवन वीमा ३२.४१, उत्पादन मूलक १.८६, लघु वित्त ७.३८ र जीवन बिमा कम्पनी २८.८४ अंकले बढेका छन्। जलविद्युत ०.५६, फाइनान्स ३.७ र अन्य ४.७२ अंकले घटेका छन् ।
सेन्ट्रल फाइनान्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी करिब ६ प्रतिशत कमाएका छन्।सिटी एक्सप्रेस फाइनान्सका शेयरधनिले करिब १० प्रतिशत गुमाए।
तपाईको प्रतिक्रिया