logo

स्ट्याण्डर्ड चार्टर्ड बैंकले डाक्यो सधारणसभा, १०० प्रतिशत बोनस शेयर वितरण गर्ने

    1213   पटक पढिएको

 

५ पुष / अर्थ र व्यापार - काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंकले पुष २६ गते ३१औं वार्षिक साधारणसभा डाकेको छ । साधारणसभाबाट बैंकले एक बराबर एकको अनुपातमा बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साथै सधारणसभाले बोनस शेयरको कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लाभांस पारित गर्ने छ । 
 
बैंकको हालको चुक्ता पूँजी ४ अर्व ५ करोड रुपैयाँ छ । बोनस शेयर जारी गरे सँगै पूँजी ८ अर्ब १० करोड रुपैयाँ पुग्ने छ । बैंकको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार जगेडा कोषमा ८ अर्ब १५ करोड रुपैयाँ छ भने नाफा एक अर्ब ३८ करोड रुपैयाँ। बैंकले जगेडा कोष तथा गत वर्षको नाफाबाट सत प्रतिशत बोनस शेयर दिन लागेको हो ।
 
बैंकले सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना संचालकको निर्वाचन गर्ने भएको छ । संचालकको उमेदवार वन्न चाहने शेयरधनीको कम्तिमा ३०० कित्ता शेयर हुनु पर्ने बैकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।