logo

नक्कली सेयर कारोबार गर्ने तीन ब्रोकर कारवाहीमा

    1136   पटक पढिएको

 


२६ पुस / अर्थ र व्यापार - काठमाडौं । चिलिमे जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी र सानिमा माई हाइड्रोपावर कम्पनी को नक्कली सेयर कारोबारमा तीन ब्रोकरलाई धितोपत्र बोर्डले कारवाही गरेको छ ।

बोर्डले अग्रवाल सेक्युरिटिजलाई र श्रीहरी सेक्युरिटिजलाई १० लाख रुपैयाँको दरमा तथा सप्रवी सेक्यूरिटिज प्रालि तथा सिप्रवी सेक्युरिटिजलाई ५० हजार रुपैयाँ बराबर कारवाही गरेको हो । श्रीहरि सेक्युरिटिज तथा अग्रवाल सेक्यूरिटिजका कार्यकारी प्रमुखलाई जनही ५० हजारका दरमा जरिवाना गरिएको छ । जीएण्ड जी इन्भेष्टमेण्ट कम्पनीको नाममा गोविन्द घिमिरे र उनको समूहले यी कम्पनीहरुको नक्कली सेयर कारोबार गरेका थिए ।

चिलिमेको नक्कली सेयर कारोबारमा ग्राहकको स्पष्ट पहिचान खुल्ने कागजात तथा विवरण लिई सोको अभिलेख नराखेको भन्दै अग्रवाल सेक्युरेटिजलाई कारवाही गरेको हो । जीएण्ड जी इन्भेष्टमेण्ट कम्पनीको सञ्चालक समितिका सदस्यहरूले चिलिमे जलविद्युत् कम्पनीको १३ हजार ५ सय कित्ता नक्कली सेयर एकआपसमा कारोबार गरेको पाइएको थियो । यी सेयरको धितो राखेर समूहका सदस्यले सिद्धार्थ डेभलपमेण्ट बैङ्कबाट ६४ लाख २० हजार रुपैयाँ र युनाइटेड फाइनान्सबाट समेत ५९ लाख २७ हजार रुपैयाँ कर्जा लिएका थिए । चिलिमे जलविद्युत्को नक्कली शेयर जीएण्डजीका सञ्चालक सृष्टि काफ्ले, सोना दाहाल, रामहरि आचार्यको नामबाट विक्री भएको थियो भने गोविन्द घिमिरेको नामबाट खरीद गरिएको थियो ।

अग्रवाल सेक्युरिटिजको जमानीमा बैङ्क तथा वित्तीय संस्थाले सेयर धितोमा कर्जा दिएका थिए । पछि अग्रवाल सेक्युरिटिजले नै ती बैङ्कलाई कर्जाबापतको रकम चुक्ता गरिदिएको थियो । अग्रवाल सेक्युरिटिजले धितोपत्र बोर्डमा समेत पत्राचार गरेर यी रकम असुल गरिदिन अनुरोधपत्र पेश गरेको थियो ।

त्यही समूहले नेशनल हाइड्रोपावर कम्पनीको नक्कली सेयर कारोबार श्रीहरि सेक्युरिटिज प्रालिबाट भएको थियो । सिप्रवी सेक्यूरिटिज प्रालि. कार्यकारी प्रमुखले यस्तो कारोवार सम्बन्धमा शुरुवातमा जानकारी पाएर पनि सो घटना उजागर गरेको र बजारमा हुने थप क्षतीलाई न्यूनिकरण गर्न सहयोग गरेको अवस्था समेत कम्पनीलाई न्युन कारवाही गरिएको बोर्डले उल्लेख गरेको छ । ग्राहकको स्पष्ट पहिचान खुल्ने कागजात तथा विवरण लिएर अभिलेख नराखेकोमा भने सिप्रवी सेक्यूरिटिजलाई कारवाही गरिएको हो । कम्पनीलाई ५० हजार कारवाही सहित सचेत गराइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।