logo

नक्कली सेयर कारोबार गर्ने तीन ब्रोकर कारवाहीमा

    1658   पटक पढिएको

 


२६ पुस / अर्थ र व्यापार - काठमाडौं । चिलिमे जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी र सानिमा माई हाइड्रोपावर कम्पनी को नक्कली सेयर कारोबारमा तीन ब्रोकरलाई धितोपत्र बोर्डले कारवाही गरेको छ ।

बोर्डले अग्रवाल सेक्युरिटिजलाई र श्रीहरी सेक्युरिटिजलाई १० लाख रुपैयाँको दरमा तथा सप्रवी सेक्यूरिटिज प्रालि तथा सिप्रवी सेक्युरिटिजलाई ५० हजार रुपैयाँ बराबर कारवाही गरेको हो । श्रीहरि सेक्युरिटिज तथा अग्रवाल सेक्यूरिटिजका कार्यकारी प्रमुखलाई जनही ५० हजारका दरमा जरिवाना गरिएको छ । जीएण्ड जी इन्भेष्टमेण्ट कम्पनीको नाममा गोविन्द घिमिरे र उनको समूहले यी कम्पनीहरुको नक्कली सेयर कारोबार गरेका थिए ।

चिलिमेको नक्कली सेयर कारोबारमा ग्राहकको स्पष्ट पहिचान खुल्ने कागजात तथा विवरण लिई सोको अभिलेख नराखेको भन्दै अग्रवाल सेक्युरेटिजलाई कारवाही गरेको हो । जीएण्ड जी इन्भेष्टमेण्ट कम्पनीको सञ्चालक समितिका सदस्यहरूले चिलिमे जलविद्युत् कम्पनीको १३ हजार ५ सय कित्ता नक्कली सेयर एकआपसमा कारोबार गरेको पाइएको थियो । यी सेयरको धितो राखेर समूहका सदस्यले सिद्धार्थ डेभलपमेण्ट बैङ्कबाट ६४ लाख २० हजार रुपैयाँ र युनाइटेड फाइनान्सबाट समेत ५९ लाख २७ हजार रुपैयाँ कर्जा लिएका थिए । चिलिमे जलविद्युत्को नक्कली शेयर जीएण्डजीका सञ्चालक सृष्टि काफ्ले, सोना दाहाल, रामहरि आचार्यको नामबाट विक्री भएको थियो भने गोविन्द घिमिरेको नामबाट खरीद गरिएको थियो ।

अग्रवाल सेक्युरिटिजको जमानीमा बैङ्क तथा वित्तीय संस्थाले सेयर धितोमा कर्जा दिएका थिए । पछि अग्रवाल सेक्युरिटिजले नै ती बैङ्कलाई कर्जाबापतको रकम चुक्ता गरिदिएको थियो । अग्रवाल सेक्युरिटिजले धितोपत्र बोर्डमा समेत पत्राचार गरेर यी रकम असुल गरिदिन अनुरोधपत्र पेश गरेको थियो ।

त्यही समूहले नेशनल हाइड्रोपावर कम्पनीको नक्कली सेयर कारोबार श्रीहरि सेक्युरिटिज प्रालिबाट भएको थियो । सिप्रवी सेक्यूरिटिज प्रालि. कार्यकारी प्रमुखले यस्तो कारोवार सम्बन्धमा शुरुवातमा जानकारी पाएर पनि सो घटना उजागर गरेको र बजारमा हुने थप क्षतीलाई न्यूनिकरण गर्न सहयोग गरेको अवस्था समेत कम्पनीलाई न्युन कारवाही गरिएको बोर्डले उल्लेख गरेको छ । ग्राहकको स्पष्ट पहिचान खुल्ने कागजात तथा विवरण लिएर अभिलेख नराखेकोमा भने सिप्रवी सेक्यूरिटिजलाई कारवाही गरिएको हो । कम्पनीलाई ५० हजार कारवाही सहित सचेत गराइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।