logo

मंगलबार सेयरबजार ३५ अंकले उकालो चढ्यो

    1114   पटक पढिएको


 २३ जेठ / अर्थ र व्यापार-मंगलबारको सेयरबजारमा नेप्से तथा कारोबार रकम दुवैमा उच्च सुधार आएको छ । मंगलबार नेप्से करिब ३५ अंकले बढेको छ भने कारोबार रकम समेत अघिल्लो दिनको तुलनामा २९ करोडले बढेको छ । 

 कारोबारमा आएका उत्पादन बाहेक सबै समूहमा आएको वृद्धिले बजारमा उच्च सुधार आएको हो । बजार खुल्नासाथ निरन्तर उकालो लागेको नेप्से बजार बन्द हुँदा ३४.७२ अंकले बढेर १६३७.३७ आईपुगेको हो । 

यसदिन १४८ कम्पनीको १४ लाख ९६ हजार कित्ता सेयर ९१ करोड १६ लाख रुपैयाँ बराबरमा किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा २९ करोडले बढी हो ।

उच्च अंकले बढेको बजारमा एकैदिन लगानीकर्ताको सम्पत्ति ४० अर्बले बढेको छ । यसदिन समग्र बजार पूँजीकरण १८ खर्ब ७५ अर्बबाट १९ खर्ब १५ अर्ब पुगेको छ ।

मंगलबार बीमा समुहको परिसुचक सबैभन्दा बढी १ सय ७२ दशमलव ५७ अंकले बढेको छ । त्यस्तै होटल समुह ६२ दशमलब ३८ र सेयर बजारमा सबैभन्दा बढी प्रभाब रहेको बैंकिङ समुहको परिसुचक ३५ दशलब ८२ अंकले उकालो लागेको छ ।

त्यसैगरी जलविद्युत ३५ दशमलब ६८, विकास बैंक ३५ दशमलव ३८, अन्य १५ दशमलब ६२ र फाइनान्स समुहको परिसुचक ७ दशमलब ३१ अंकले बढेको छ । यता उत्पादन समुह भने १४ अंकले ओरालो लागेको छ । 
यसदिन सिभिल बैंकको सबैभन्दा धेरै ७ करोड २५ लाख बराबरको कारोबार भयो । त्यस्तै स्ट्याण्र्डड चार्टर्ड बैंकको ६ करोड ८२ लाख बराबरको कारोबार भयो ।

उच्च अंकले बढेको बजारमा तीन कम्पनीको सेयरमूल्य दश प्रतिशतकै हाराहारीमा बढेको छ । सबैभन्दा धेरै मिथिला लघुवित्त दश प्रतिशतले सेयरमूल्य बढेको छ ।

आरएसडिसि लघुवित्त र वल्र्ड मर्चेन्ट फाइनान्सको सेयरमूल्य पनि दश प्रतिशतकै हाराहारीमा उकालो लागेको छ । सहारा विकास बैंक लगायतका कम्पनीको सेयरमूल्य बढेको छ । सबैभन्दा धेरै बोटर्लस नेपालको सेयरमूल्य करिब तीन प्रतिशतले घटेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।