logo

मंगलबार सेयरबजार ३५ अंकले उकालो चढ्यो

    1804   पटक पढिएको


 २३ जेठ / अर्थ र व्यापार-मंगलबारको सेयरबजारमा नेप्से तथा कारोबार रकम दुवैमा उच्च सुधार आएको छ । मंगलबार नेप्से करिब ३५ अंकले बढेको छ भने कारोबार रकम समेत अघिल्लो दिनको तुलनामा २९ करोडले बढेको छ । 

 कारोबारमा आएका उत्पादन बाहेक सबै समूहमा आएको वृद्धिले बजारमा उच्च सुधार आएको हो । बजार खुल्नासाथ निरन्तर उकालो लागेको नेप्से बजार बन्द हुँदा ३४.७२ अंकले बढेर १६३७.३७ आईपुगेको हो । 

यसदिन १४८ कम्पनीको १४ लाख ९६ हजार कित्ता सेयर ९१ करोड १६ लाख रुपैयाँ बराबरमा किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा २९ करोडले बढी हो ।

उच्च अंकले बढेको बजारमा एकैदिन लगानीकर्ताको सम्पत्ति ४० अर्बले बढेको छ । यसदिन समग्र बजार पूँजीकरण १८ खर्ब ७५ अर्बबाट १९ खर्ब १५ अर्ब पुगेको छ ।

मंगलबार बीमा समुहको परिसुचक सबैभन्दा बढी १ सय ७२ दशमलव ५७ अंकले बढेको छ । त्यस्तै होटल समुह ६२ दशमलब ३८ र सेयर बजारमा सबैभन्दा बढी प्रभाब रहेको बैंकिङ समुहको परिसुचक ३५ दशलब ८२ अंकले उकालो लागेको छ ।

त्यसैगरी जलविद्युत ३५ दशमलब ६८, विकास बैंक ३५ दशमलव ३८, अन्य १५ दशमलब ६२ र फाइनान्स समुहको परिसुचक ७ दशमलब ३१ अंकले बढेको छ । यता उत्पादन समुह भने १४ अंकले ओरालो लागेको छ । 
यसदिन सिभिल बैंकको सबैभन्दा धेरै ७ करोड २५ लाख बराबरको कारोबार भयो । त्यस्तै स्ट्याण्र्डड चार्टर्ड बैंकको ६ करोड ८२ लाख बराबरको कारोबार भयो ।

उच्च अंकले बढेको बजारमा तीन कम्पनीको सेयरमूल्य दश प्रतिशतकै हाराहारीमा बढेको छ । सबैभन्दा धेरै मिथिला लघुवित्त दश प्रतिशतले सेयरमूल्य बढेको छ ।

आरएसडिसि लघुवित्त र वल्र्ड मर्चेन्ट फाइनान्सको सेयरमूल्य पनि दश प्रतिशतकै हाराहारीमा उकालो लागेको छ । सहारा विकास बैंक लगायतका कम्पनीको सेयरमूल्य बढेको छ । सबैभन्दा धेरै बोटर्लस नेपालको सेयरमूल्य करिब तीन प्रतिशतले घटेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।