logo

निक्षेपको ब्याज बढाउन थालेपछि शेयर बजार २२ अंकले घट्यो

    1504   पटक पढिएको

१९ मंसिर /अर्थ र व्यापार -  बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याज बढाउन थालेपछि शेयर बजारमा पहिरो गएको छ । बुधबार शेयर बजार २२.८० अंकले घटेको छ । गत कार्तिक ७ गतेदेखि शेयर बजार घटिरहेको छ। यस अवधिमा शेयर बजार १३१ अंकले घटिकसेको छ । बुधबार एकै दिन शेयर बजार २ प्रतिशतले घटेको हो । 

बजार दोहोरो अंकले गिरावट भए पनि कारोबार भने ३७ करोड ७२ लाख रुपैयाँको भएको छ । कारोबार सुरु भएदेखि लगातार घट्दा सम्पुर्ण सूचक तथा उपसूचक रातो देखिएका छन् । सबैभन्दा धेरै नेपाल बैंकको तीन करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । 

बजार घटिरहदा हाथ्वे फाइनान्सका शेयरधनीले भने सबैभन्दा धेरै ५.७७ प्रतिशतले कमाएका छन् । त्यस्तै राधी विद्युतका शेयरधनीले ६.८९ प्रतिशतले गुमाएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ऋणको व्याजदर घटाउने भनिरँहदा उल्टै बढाउने संकेत देखाएपछि बजार घटेको हो । बजार यसरी नियमित गिरावट हुँदा पनि सरकार र नेपाल राष्ट्र बैंक चुप हुँदा लगानीकर्ताले अर्बौ रुपैयाँ गुमाउनु परेको बजार विश्लेषक प्राडा मनोज कृष्ण श्रेष्ठले बताए । 

बजार घटिरहँदा बजार निर्माता तयार पार्ने तथा लगानीकर्तालाई बजार प्रति आस्वस्था पार्न नसक्दै सरकारले आफ्नो भ्यालु आफैले गुमाएको उनको विश्लेषण छ । अर्थमन्त्रीले बजारप्रति सधै नकारात्मक धारणा व्यक्त गर्ने भन्दा पनि बजारलाई सकारात्मक सन्देश प्रवाह गर्न सक्नु पर्ने उनले बताए ।  अनलाइन प्रणाली आएसँगै शेयर बजारमा सुधार आउने अपेक्षा गरिएकोमा अनलाइन प्रणालीमै धेरै समस्या आउँदा बजार सुधार हुन नसकेको लगानीकर्ताको आरोप छ ।  


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।