logo

उच्च ब्याजदरका विज्ञापन प्रकाशन गर्न थालेसँगै शेयर बजारमा सामान्य अंकको वृद्धि

    1003   पटक पढिएको

२० मंसिर /अर्थ र व्यापार - बाणिज्य बैकहरुले व्यक्तिगत निक्षेपमा उच्च ब्याजदरका विज्ञापन प्रकाशन गर्न थालेपछि घट्न थालेको शेयर बजार बिहीबार सामान्य अंकको वृद्धि देखिएको छ । बुधवार फराकिलो अंकले घटेको शेयर बजारमा बिहीबार बृद्धि भएको हो । शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक २.७० अंकले बढेर ११२०.८४ अंकमा उक्लिएको छ । सेन्सेटिभ सूचक ०.५४ अंकले बढेर २३८.३३ अंकमा पुग्यो । बुधवार शेयर सूचक २२.८० अंकले घटेको थियो ।  

कारोबारको सुरुवात देखिनै तीव्र गतिमा घटेको बजारले पहिलो सवा एक घण्टामै नौ अंक गुमाएको थियो । तर ब्याजदरका विषयलाई लिएर अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित उच्चस्तरीय वित्तीय समन्वय समितिको बैठकपछि ब्याजदरमा देखिएको अवस्था र शेयर बजारका बारेमा सम्बोधन हुने खबर सार्वजनिक भएपछि शेयर बजारमा सुधार देखिएको इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले जानकारी दिए । लगानीकर्ताको मनोबल घटेको कारण शेयर बजार प्रभावित भएको उनको ठहर छ । बजार न्यूनतम बिन्दुमा झरेकोले यस भन्दा तल झर्ने सम्भावना कम रहेको उनले बताए । उनका अनुसार लगानीकर्ताले अहिलेको बजारमा शेयर खरिद गर्दा खासै ठूलो नोक्सान नपर्ने उनको तर्क छ ।

बिहीबार बजारमा १६२ कम्पनीका १३ लाख ७४ हजार कित्ता शेयर ३७ करोड रुपैयाँमा खरिद बिक्री भयो । सबैभन्दा बढी एनएमबि बैकको चार करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भयो । उपसूचक मिश्रित देखिएको छ । १० समूहको कारोबारमा जलविद्युत् र उत्पादनमूलक क्षेत्रका उपसूचक घटेको छ भने बाँकी समूह बढेका छन् । सबैभन्दा बढी जलविद्युत् ०.८५ प्रतिशतले घट्यो भने जीवन बीमा समूह०.८९ प्रतिशतले बढेको छ । सबैभन्दा बढी आएमइ जनरल इन्स्योरेन्स कम्पनीका शेयरधनीले करिब आठ प्रतिशत कमाए । कालिका लघुबित्त वित्तीय संस्थाका शेयरधनीले करिब आठ प्रतिशतनै गुमाए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।