३१ आषाढ/अर्थ र व्यापार– चालु आर्थिक वर्षको अन्तिम दिन शेयर बजारमा १२.२७ अंकको सुधार आएको छ । यस आर्थिक बर्षभरीमा ३९१.७९ अंकले बजार घटेको छ ।
चालु आर्थिक वर्षको अन्तिम दिन ३१ करोड ८५ लाख रुपैयाँको कारोबार सहित १२१२.३६ अंकमा रोकिएको छ । सम्पुर्ण सूचक तथा उपसूचक उकालो लागे पनि अन्य उपसूचक भने ०.३८ प्रतिशतले घटेको छ ।
सोमबार युनाइटेड मोदी हाइड्रोपावरका शेयरधनीले सबैभन्दा धेरै ७.२० प्रतिशतले कमाउँदा ङादी गु्रप पावरका शेयरधनीले सबैभन्दा धेरै ५.२३ प्रतिशतले गुमाएका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमोटर शेयर ५ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।
बजेट र मौद्रिक नीति कार्यान्वयन हुने संकेतसँगै शेयर बजारमा सुधार हुने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया