२४ असार / अर्थ र व्यापार - आज शेयर बजारमा नेप्से परिसूचक २.९२ अंकले बढेर १२५०.२७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव २७ अंकले बढेर २ सय ६९ दशलमव ०६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन १ सय ६५ कम्पनीको १६ लाख ७ हजार ६७२ कित्ता शेयर खरिदबिक्री भई ४६ करोड ८२ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी कारोबार नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर शेयरको भएको छ । जसको कारोबार आज ६ करोड २ लाख ९८ हजार रुपैयाँ बराबरको भएको छ ।
यस दिन सर्वाधिक कमाउनेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ९ दशमलव ८५ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा सपोट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४ दशमलव २८ प्रतिशतले घटेको छ । यस दिन ११ वटै उपपरिसुचकहरुमा ७ वटा समूह बढेको छ भने ४ वटा समूह घटेका छन् ।
तपाईको प्रतिक्रिया