९ मंसिर / अर्थ र व्यापार- साताको पहिलो दिन आईतवार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १४.८२ अंकले घटेर ११६६.४३ अंकमा ओर्लिएको छ । आइतबार १५४ कम्पनीका आठ लाख ४० हजार कित्ता शेयर २५ करोड ६ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।
आईतवार सबैभन्दा बढी एनएमबी बैकको तीन करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भयो । कारोबारको सुरुदेखि नै बजार घटेको थियो । मन्द गतिमा घटेको बजार कारोबारको अन्तिमसम्म नै घट्दा सूचक दोहोरो अंकले घटेको हो । आइतबार कारोबारमा आएका सबै उपसूचक घटेका छन् । सबैभन्दा बढी उत्पादनमूलक समूह २.१९ प्रतिशतले घटेको छ ।
तपाईको प्रतिक्रिया