logo

आइतबार सेयर बजारमा २१.९९ अंकको गिरावट

    1782   पटक पढिएको

१८ असार / अर्थ र व्यापार – सेयर कारोबारमा मूल्य अभिवृद्धि कर ( भ्याट) लाग्ने अनावश्यक हल्ला चलाईएपछि सेयर लगानीकर्ताको मनोबल कमजोर भएको छ । यसको प्रभावले आइतबारको सेयरबजार निराशाजनक रह्यो ।
आइतबार नेप्से २१.९९ अंकले घटेर १५४१.८२ विन्दुमा झरेको छ । कुल १४८ कम्पनीको कारोबार भएको बजारमा ५६ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो ।
बुधबारको तुलनामा कारोबार रकम ७ करोडले बढेको छ । बजार उच्च अंकले झरेको बेला केही लगानीकर्ताले सेयर खरिदको क्रम बढाउदा कारोबार रकममा भने अघिल्लो कारोबारको तुलनामा सामान्य बढोत्तरी आएको हो । 
यसदिन समग्र बजार पूँजीकरण १८ खर्ब ३२ अर्ब कायम भएको छ । अघिल्लो दिनको तुलनामा लगानीकर्ताको सम्पत्ति एक अर्बले घटेको छ ।
आइतबार कारोबारमा आएकामध्ये होटल र अन्य समुह बाहेक सबै समूहका परिसुचक ओरालो लागेका छन् । बीमा समूह सबैभन्दा बढी १२९ अंकले झरेको छ । विकास बैंक ३०, जलविद्युत समुह २५, वाणिज्य बैंक २२, उत्पादन २० र वित्त समूह ६ अंकले झरेका छन । अन्य समूह २.६१ अंकले बढेको छ भने होटल समूह सामान्य उकालो लागेको छ ।
आइतबारकमे नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ५ करोड बढीको सेयर कारोबार भएको छ । स्ट्याण्र्डड चार्टर्ड र हिमालयन जनरल इन्स्योरेन्सको पनि ३ करोड बढीको कारोबार भयो ।
घटेको बजारमा पोखरा फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै दश प्रतिशतले बढेको छ । फाइनान्सले प्रिमयम सहति २२० रुपैयाँमा एफपीओ जारी गर्न धितोपत्रबाट अनुमति पाएपछि यसको सेयरमूल्य बढेको देखिन्छ । हिमालयन जनरल इन्स्योरेन्सको पनि चार प्रतिशत बढीले सेयरमूल्य उकालो लागेको छ । यसदिन १८ कम्पनीको मात्र सेयरमूल्य बढेको छ ।
यसदिन एभरेष्ट बैंकका संस्थापक सेयरधनीले दश प्रतिशतकै हाराहारीमा गुमाए । कन्काई विकास, गुराँस लाइफ, सप्तकोशी डेभलपमेन्ट बैंक, एभरेष्ट इन्स्योरेन्स तथा हाम्रो विकास बैंक लगायतको सेयरमूल्य घटेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।