१२ साउन / अर्थ र व्यापार – नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेब साइटमा समस्या देखिएको छ । नियमित शेयर कारोबार समयमा नेप्सेको वेब साइट नखुलेपछि लगानीकर्ताले गुनासो गरेका छन् । बिहीबार कारोबार सुरुवात भएदेखिनै साइटमा समस्या आएको हो । नेप्सेको कार्यालयसम्म आउने फाइबर केबल बाटोमा बिग्रिएकोले समस्या आएको हो ।
मर्मत कार्य भैरहेकोले कति समय लाग्ने यकिन नभएको छ । बाहिर साइटमा समस्या आएपनि ब्रोकर कार्यालयमा कारोबार सुचारु रहेको छ । अहिले बजार झिनो ०.६९ अंकले घटेर १६४२ अंकमा कारोबार भैरहेकोे छ ।
तपाईको प्रतिक्रिया