२३ असार / अर्थ र व्यापार - साताको दोस्रोदिन शेयर बजारमा नेप्से परिसूचक ८.७० अंकले घटेर १२४७.३५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने १ दशमलव ५६ अंकले घटेर २ सय ६८ दशलमव ७९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन १ सय ७१ कम्पनीको २९ लाख १० हजार १५३ कित्ता शेयर खरिदबिक्री भई ५९ करोड १० लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी कारोबार प्रभु बैंकको प्रमोटर शेयरको भएको छ । जसको कारोबार आज ११ करोड ४५ लाख ७० हजार रुपैयाँ बराबरको भएको छ ।
यस दिन सर्वाधिक कमाउनेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९१ प्रतिशतले घटेको छ ।
यस दिन ११ वटै उपपरिसुचकहरुमा २ वटा समूह बढेको छ भने ९ वटा समूह घटेका छन् ।
तपाईको प्रतिक्रिया