२६ असार/ अर्थ र व्यापार - साताको अन्तिम दिन आज शेयर बजारमा नेप्से परिसूचक ०.६२ अंकले घटेर १२४८.५३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । क वर्गका मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ०१ अंकले घटेर २६८.३२ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
यसदिन १ सय ६८ कम्पनीको २९ लाख ९८ हजार ९४७ कित्ता शेयर खरिदबिक्री भई ४६ करोड ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारको तुलनामा कारोबार ११ करोड ३४ लाख ११ हजार बराबरले घटेको हो । ४६ करोड रुपैयाँ बराबरको कारोबार हुँदा सबैभन्दा बढी कारोबार नेपाल बैंकको शेयरको भएको छ । जसको कारोबार आज ५ करोड २९ लाख ६२ हजार रुपैयाँ बराबरको भएको छ । यस दिन सवार्धिक कमाउनेमा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ४ दशमलव ७३ प्रतिशतले बढेको छ ।
साथै सर्वाधिक गुमाउनेमा मल्टी प्रपोज फाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ६७ प्रतिशतले घटेको छ । यस दिन ११ वटै उपपरिसुचकहरुमा २ वटा समूह बढेको छ भने ९ वटा समूह घटेका छन् ।
तपाईको प्रतिक्रिया