logo

नेप्से परिसूचक घट्दा कारोबार रकममा समेत गिरावट

    998   पटक पढिएको

१६ असार / अर्थ र व्यापार - साताको दोस्रो दिन शेयर बजारमा नेप्से परिसूचक २.८६ अंकले घटेर १२४२.०३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।  त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ७२ अंकले घटेर २ सय ६८ दशलमव ५२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ६८ कम्पनीको १२ लाख २१ हजार ४ सय कित्ता शेयर खरिदबिक्री भई ३७ करोड ४७ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । हिजोको तुलनामा आज कारोबार २७ करोड ३ लाख रुपैयाँ बराबरले घटेको छ । यस दिन सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । जसको कारोबार आज २ करोड ६२ लाख रुपैयाँ बराबरको भएको छ । बजार मूल्य भने ३३३ रुपैयाँ रहेको छ । यस दिन सर्वाधिक कमाउनेमा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ४ दशमलव ८७ प्रतिशतले बढेको छ भने अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको शेयर मूल्य ४ दशमलव ८१ प्रतिशत र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ४ दशमलव ७२ प्रतिशतले बढेको छ । 

साथै सर्वाधिक गुमाउनेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४ दशमलव ९८ प्रतिशतले घटेको छ । यस दिन ११ वटा उपपरिसुचकहरुमा ४ वटा समूह बढेको छ भने ७ वटा समूह घटेका छन् ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।